एजेन्सी । इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागू गर्ने घोषणा गरेको छ ।
“केरम सालोम सीमा पार गर्ने सालाह अल–दिन रोड र त्यसपछि उत्तरतर्फ जाने सडकमा अर्को सुचना नआएसम्मका लागि मानवीय सहायता पहुँच उद्देश्यका लागि हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सैन्य गतिविधिको रणनीतिक विराम हुनेछ,” सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
संयुक्त राष्ट्र सङ्घ र अन्य संस्थाहरूसँगको छलफलपछि गाजापट्टीमा प्रवेश गर्ने मानवीय सहायताको मात्रा बढाउने प्रयासको एक हिस्साको रूपमा यो निर्णय गरिएको हो । इजरायलले लामो समयदेखि केरेम शालोम सीमामार्फत सहायता वितरण सहज बनाउने प्रयासमा हस्तक्षेप गर्दै आएको छ । तर मानव अधिकार समूहहरूले महिनौँसम्म घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रमा खाना र अन्य आवश्यक वस्तुहरूको अभावबारेमा चेतावनी दिएका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा पाँच वर्ष मुनिका आठ हजारभन्दा बढी बालबालिकाको तीव्र कुपोषणको उपचार गरिएको छ । अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले इजरायल र हमासलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको बन्धक–कैदी आदानप्रदान र सहायता वितरण युद्धविराम सम्झौताको प्रस्तावमा सहमत हुन दबाब दिइरहेका छन् ।
“गाजापट्टीभित्र अराजकता सक्रिय द्वन्द्वका कारण मानिसहरूको बढ्दो मागहरू पूरा गर्ने स्तरको सहायता प्रदान गर्न असम्भव हुँदै गइरहेको छ,” विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: