Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अतिआवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या

खबरडबली संवाददाता

रौतहट । सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमासुरक्षा बल एसएसबीले ज्यादतीपुर्ण ब्यवहार गर्ने गरेको रौतहट स्थित सिमाबासिले गुनासो गरेका छन् । 

बिवाह, चाडँ पर्व लगायत बिभिन्न धार्मिक अनुष्ठानको लागी समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।

बौधिमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमास्तम्भ ३५५/७ नजिकै आँपको बगैंचामा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा आयोजीत "सिमाबासी संग सशस्त्र प्रहरी" बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पीडा संगै  सुझाव राखेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंको प्रमुख आतिथ्य तथा बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवको बिशिष्ट आतिथ्य तथा परोहा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित भएको कार्यक्रममा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु, कृषिजन्य बीउबिजन, मलखाद ल्याउँदा एसएसबिले बिभिन्न कारण देखाएर गर्ने हैरानी प्रति सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन बिद्रोही माओवादी र सरकार बिच भएको १० बर्षे सशस्त्र द्वन्दको समय सुरक्षाको कारण देखाई बन्द भएको बंकुलमा स्थित छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानिय ब्यापारी देखि सर्वसाधारण सिमाबासिले शास्ती खेप्नुपरेको हुँदा सञ्चालनको लागि सहभागीहरुले पहल गरिदिन आग्रह गरेका थिए ।

त्यस्तै हाल बर्षात तथा मनसुनको समय आउनै लागेकाले हुनसक्ने बाढीबाट उत्पन्न हुने जोखिमबाट बच्ने उपाय,सीमा सुरक्षा अपराध न्यूनीकरण बारे स्थानीयहरूले प्रश्न उठाएका थिए ।

सीमासंग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्ला भित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुनेगरेको बिभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमाक्षेत्रमा आवतजावत गर्न  वारपार हुने सवारीसाधनको व्यवस्थापनको लागि माग गरेका थिए । केही कुपात्रहरुले सामाजिक सञ्जालमा सीमाक्षेत्रमा अबैध गतिबिधि भईरहेको भनेर भ्रम फैलाउने गरेकाले त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने सिमाबासिले माग गरेका थिए ।

सिमाबासिले राखेको बिभिन्न समस्याहरूको समाधान बारे मेयर प्रदीप कुमार यादव र सीमाको महत्व सुरक्षा बारे उठेको प्रश्नको  सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जवाफ दिएका थिए ।

कार्यक्रममा सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा बौधिमाई र परोहा नगरपालिकाका स्थानिय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।

सशस्त्र प्रहरी बल रौतहटका एस्पी हुमागाईंको सक्रियतामा रौतहटमा सिमाबासिको समस्या उजागर संगै समाधान गर्ने पटकपटक पहल तथा प्रयास हुँदै आएको स्थानीयहरूले बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending