दाङ । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ । शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरेका हुन् ।
लुम्बिनीमा गरिबीको दर पनि घटेको छ । पाँच वर्षअघि ३० प्रतिशत रहेकामा हाल गरिबीको दर १८ प्रतिशतमा झरेको छ । बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर आठ प्रतिशत पुगेको छ । पाँच वर्षअघि रु पाँच खर्ब ४० अर्ब रहेको कूल गार्हस्थ्य उत्पादन चालु आवमा रु सात खर्ब ७८ अर्ब हुने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय अमेरिकी डलर आठ सय तीनबाट बढेर एक हजार एक सय २६ पुगेको जनाइएको छ ।
त्यस्तै माध्यमिक तह (कक्षा ९–१२) को कूल भर्नादर ७५ प्रतिशतबाट ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको छ । लुम्बिनीमा सिँचाइ व्यवस्था पनि वृद्धि भएको छ । बाह्रै महिना सिञ्चित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश माछामासु र दूध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको जनाइएको छ । कूल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको मन्त्री आचार्यले बताए ।
विसं २०७५ मा सडकको लम्बाइ ११ हजार दुई सय ३३ किलोमिटर रहेकामा हाल १५ हजार ७६ पुगेको छ । तीस मिनेटको दूरीमा पक्की सडकमा पहुँच भएको जनसङ्ख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ भने एक सय नौमध्ये एक सय आठ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको जनाइएको छ ।
लुम्बिनीमा विद्युत्को पहुँच पनि विस्तार भएको छ । विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको छ भने इन्टरनेटमा पहुँच भएका घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगेको उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८१ - ०९:३१
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिए...
फाल्गुन २७ गते, २०८१ - ०९:२०
काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दु...
फाल्गुन २७ गते, २०८१ - ०९:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ...
फाल्गुन २७ गते, २०८१ - ०९:१६
कति छ आजको तरकारी र फलफूलको थोक मूल्य ?
फाल्गुन २७ गते, २०८१ - ०९:०५
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र ...
फाल्गुन २७ गते, २०८१ - ०९:०२
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल जाने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल...
फाल्गुन २७ गते, २०८१ - ०८:५९
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैंकिक कसूर तथा सजाय (दोस्रो...
फाल्गुन २७ गते, २०८१ - ०८:१९
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल ...
फाल्गुन २७ गते, २०८१ - ०८:१९
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ। बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ...
फाल्गुन २७ गते, २०८१ - ०८:०९
काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ब...
प्रतिकृया लेख्नुहोस्: