काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने विधि छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान ९बलिदान० दे भन्ने थियो । त्यसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस् यो भेडालाई बलिदान गर भनी आदेश दिनुभएको हो भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ ।
मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । त्यसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्त्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको थिए।
“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरको छ । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिएका छन् ।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । त्यसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छ भनेको थियो भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।
उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । उनले अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेको बताइन्छ । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान ९बलि० भएको थियो ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले आजदेखि तीन दिन बुधबारसम्म यो पर्व मनाउने जनाइएको छ । बकर इदका अवसरमा आज सरकारले सार्वजनकि बिदासमेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...
चैत्र २ गते, २०८२ - १४:५३
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशास...
चैत्र २ गते, २०८२ - १४:२५
सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...
चैत्र २ गते, २०८२ - १४:०६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...


प्रतिकृया लेख्नुहोस्: