काठमाडौं । ललितपुरको जावलाखेलस्थित डेरामा अर्धचेत अवस्थामा फेला परेका र उपचारको क्रममा ज्यान गुमाएका दम्पतीको घटनामा ट्विस्ट आएको छ । २५ वर्षीय उमेश सेन्चुरीले पत्नीको हत्या गरेर आफूले आत्महत्या गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
३२ जेठमा साँझ सिन्धुपाल्चोक घर भएर कपनमा बस्दै आएका उमेश पत्नीको डेरामा गएका हुन् । २५ वर्षीया रेणु सेन्चुरी अल्का अस्पताल पछाडि डेरा गरेर बस्थिन् । उनीहरू १० वर्षीय छोरा रेणुसँग बस्दै आएका थिए । तर, सो साँझ डेरामा छोरा थिएनन् ।
रेणु डेरामा थिइनन् । पत्नी नआउन्जेल उमेश डेरा आसपासमा डुलिरहेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । साँझ पत्नी आएपछि डेरामा प्रवेश गरेका उनीहरू भित्रबाट चुकुल लगाएको अवस्थामा अर्धचेत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।
घटनास्थलमा विषको बट्टा भेटिएको ललितपुरका एसएसपी शेखर खनालले बताए । उमेशले सुरुमा पत्नीको हत्या गरेर आफूले विष खाएको अनुसन्धान अधिकृतहरूको आशंका छ । दुवै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
चिकित्सकहरूले अधिकृतहरुलाई रेणुको घाँटीमा ‘दबाब’ को कारण मृत्यु भएको बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘रेणुको मृत्यु कर्तव्यबाट भएको आशंका गरिएको छ ।’
पत्नीको हत्यापछि उमेशले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । उनीहरूको पोस्टमार्टम रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण यकिन हुने प्रहरी अधिकृतहरू बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - १५:०३
काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...
आश्विन ९ गते, २०८१ - १५:०२
काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार ...
आश्विन ९ गते, २०८१ - १५:०१
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...
आश्विन ९ गते, २०८१ - १४:५९
काठमाडाैं । गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनि...
आश्विन ९ गते, २०८१ - १४:५५
देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...
आश्विन ९ गते, २०८१ - १४:४२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...
आश्विन ९ गते, २०८१ - १४:२७
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...
आश्विन ९ गते, २०८१ - १४:१९
बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...
आश्विन ९ गते, २०८१ - १४:१५
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...
आश्विन ९ गते, २०८१ - १४:११
काठमाडौँ। चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...
प्रतिकृया लेख्नुहोस्: