Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रियसभा सदस्यहरुले जाजरकोट भूकम्पकपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्  । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उनीहरूले समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सांसद मायाप्रसाद शर्माले गत कात्तिकमा जारकोट केन्द्रविन्दु भइ गएको  भूकम्पका कारण भएको क्षतिको पीडितले हालसम्म राहत पाउन नसकेको भन्दै समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

उनले भने “भूकम्पपीडित रहेको स्थानमा खानेपानीको हाहाकार भएको, छ, अझै कतिपय स्थानमा पालमा बसेर विद्यालय सञ्चालन भइरहेको छ त्यहाँको दर्दनाक अवस्था समाधान समयमा नै गरियोस्”, उनले भने, “पहिलो चरणको २५ हजार अस्थायी संरचना निर्माणका लागि रकम उपलब्ध भए पनि पीडितहरुले दोस्रो किस्ताको रकम पाउन सकिरहेका छैनन् ।”

भूकम्पपीडितका लागि विनियोजन गरिएको रकम अपुग रहेको उनको भनाइ थियो । भूकम्पपीडितको राहत वितरणसम्बन्धी स्पष्ट कार्यविधि बनाउन आवश्य रहेकोमा शर्माले जोड दिएका छन् । भूकम्पका कारण जमिन मक्किएको भन्दै त्यस्ता स्थानमा मनसुनको समयमा पहिरोको जोखिममा रहेको भन्दै उहाँले समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

सांसद कृष्णबहादुर रोकायले पनि जाजरकोट, रुकुमपश्चिम र सल्यानमा निजी निवास तथा अन्य सरकारी भवन, विद्यालय तथा स्वास्थ्य केन्द्र भत्किए पनि पुनःनिर्माणमा ढिलाइ भइरहेको बताए । भन्झटिलो सरकारी नीतिका कारण भूकम्पपीडितले सात महिनासम्म पनि दोस्रो किस्ता वापतको रकम नपाएको उनको भनाइ थियो ।

उनले भने “मनसुन सुरु भएको छ, यसवर्ष बढी वर्षा हुने र मनसुनजन्य घटना बढ्नसक्ने प्रक्षेपण गरिएको छ, भूकम्पपीडित अझै पहिरोको उच्च जोखिममा छन् ।” सयौंँ विद्यालयका अझै पालमै अध्ययन गरिरहनु परेको उनले गुनासो गरे । 

पुनःनिर्माणसम्बन्धी कार्यविधि र प्राविधिक जनशक्ति नहुँदा पुनःनिर्माणको काममा अझ ढिलाइ हुनसक्ने खतरा बढेको उनको भनाइ छ । “कूल ८७ हजार दुई सय ८० घर पुनःनिर्माण गर्नुपर्ने र रु ४३ अर्ब ६४ करोड बजेट आवश्यक पर्छ”, उनले भने, “तर सरकारले पर्याप्त बजेट विनियोजन हुनसकेको छैन , पुनःनिर्माण कहिलेसम्म सरकारले गरिसक्नुपर्ने हो ?” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy