Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

कोशी प्रदेशसभाः राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११५९२० बमोजिम यही असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले राजस्व र व्ययको वार्षिक अनुमान सदनमा पेस गरेका थिए  ।

छलफल प्रारम्भ हुनुअघि मन्त्री मगरले सङ्घीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान कम हुने भएकाले प्रदेशको बजेटमा सङ्कुचन आएको जानकारी दिए । उनले बजेटमा स्रोतहरुको कमी भए पनि आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम बढिरहेको जानकारी दिँदै प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने बताए ।

मन्त्री मगरले कृषिमा आमूल परिवर्तन गर्न अनुदान हटाई कृषिको व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गर्न वित्तीय संस्थाबाट लिइने क्रृणको ब्याज प्रदेश सरकारले व्यहोर्ने भन्दै आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तथा १०औँ राष्ट्रिय खेलकुदका निम्ति खेल र खेलाडीको मनोबल बढाउन बजेट विनियोजन गरेको जानकारी दिए । उनले यातायात क्षेत्र प्रदेशको आम्दानीको ठूलो स्रोत भएकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले बजेट यथार्थपरक तथा सन्तुलित रहेको चर्चा गर्दै सरकार स्रोतको चापमा परे पनि सामाजिक न्याय, कृषि, खानेपानी तथा सिँचाइका निम्ति योजना कार्यान्वयन गर्न सक्नेगरी प्रस्तुत भएको बताए । 

सभाका अर्का सदस्य गोम्बु शेर्पाले आन्तरिक आय वृद्धि नभएकामा चिन्ता व्यक्त गर्दै सरकारले चालु खर्चभन्दा पुँजीगत खर्च बढाउनु सुखद पक्ष रहेकाे बताए । त्यसैगरी, अर्का सदस्य रमेशकुमार बस्नेतले आगामी आर्थिक वर्षको बजेट सङ्घीयताको मर्मअनुरुप समयानुकूल भएको बताए । 

प्रदेशसभा सदस्य शोभा चेम्जोङले चालु खर्च घटाई पुँजीगत खर्च बढाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिँदै किसानलाई अनुदान दिन माग गरे । अर्का सदस्य भूपेन्द्र राईले जनताका आवश्यकता बजेटले सम्बोधन नगरेको टिप्पणी गरे ।

त्यसैगरी, अर्का सदस्य गोपाल तामाङले बजेटसँगै रातो पुस्तक पनि प्रदेशसभा सदस्यका हातमा आउनुपर्नेमा त्यसअघि नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु दुखद भएको टिप्पणी गरे । अर्का सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको पुँजीगत खर्च कमजोर रहेकामा चिन्ता व्यक्त गर्दै फजुलखर्च घटाउन समिति गठन गर्नुपर्ने सुझाव दिए ।

त्यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु तारादेवी ढकाल, रामदेव यादव, भूमिप्रसाद राजवंशी, रामप्रसाद महतो, मीना श्रेष्ठ, सविना बजगाईं, उमाकान्त गौतम र गोपालबहादुर विश्वकर्माले मुलुकको समसामयिक अवस्थाबारे मन्तव्य व्यक्त गरेका थिए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy