एजेन्सी । उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ । साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन् ।
उत्तरी भारतका अधिकांश भाग महिनाभर चल्ने लामो लूले ग्रसित छ । यहाँ नियमितरूपमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि गइरहेको छ । “उत्तरी भारतले मे १७ देखि प्रचलित गर्मीको लहरका कारण उच्च मागको अवस्था अनुभव गरिरहेको छ”, विद्युत् मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । मन्त्रालयले छिमेकी क्षेत्रहरूबाट उत्तरी भारतलाई २५ देखि ३० प्रतिशत थप विद्युत् आयात गर्न बाध्य बनाएको बताएको छ ।
“यी चुनौतीपूर्ण परिस्थितिका बाबजुद उत्तरी क्षेत्रमा ८९ गिगावाटको अहिलेसम्मको सबैभन्दा ठूलो मागलाई सोमबार सफलतापूर्वक पूरा गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।गृष्मयामको गर्मीको तापक्रमबाट भारत अछूतो छैन तर वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, लगातार र अधिक तीव्र भइरहेको फेला पारेको छ ।
भारत विश्वमा हरितगृह ग्यास उत्सर्जनमा तेस्रो सबैभन्दा ठूलो देश हो तर उसले पश्चिमका अधिकांश औद्योगिकरणको दुई दशकपछि सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थतन्त्र हासिल गर्नका लागि प्रतिबद्धता जनाएको छ ।
अहिले भारत विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ । अधिकारीहरूले ठूलो मात्रामा ब्ल्याकआउटलाई बेवास्ता गरेका छन् तर भीषण गर्मीमा आपूर्ति उपकरण कमजोर हुँदा धेरै स्थानीय विद्युत्मा कटौती (आउटेज) भएको छ । मन्त्रालयले ऊर्जा कम्पनीहरूलाई ‘उच्चस्तरको चेतावनी कायम राख्न र उपकरणहरूको जबर्जस्ती कटौतीलाई कम गर्न’ आदेश दिएको छ ।
तीन करोडभन्दा धेरै बासिन्दाको अनुमानित जनसङ्ख्या भएको विशाल मेगासिटी दिल्लीभरका मानिसहरूको माग पूरा गर्नका लागि पानीका ट्याङ्करहरूमा भर पर्न बाध्य हुनुपरेको छ । अधिकारीहरूले मागको सामनान गर्न आपूर्ति कम गरेका छन् । यसको विस्तार यो साता सहरको केन्द्र नयाँदिल्ली, सरकारी कार्यालय र शीर्ष राजनीतिक नेताहरूको घरसम्म भएको छ ।
दिल्ली करिब पूर्णरूपमा छिमेकी कृषिप्रधान राज्यहरू हरियाणा र उत्तर प्रदेशबाट पानीको आपूर्तिमा निर्भर छ । यद्यपि ती राज्यमा भीषण गर्मी र मागमा वृद्धिलाई ध्यानमा राखी सहरका अधिकारीहरूले बासिन्दाहरूलाई पर्याप्तरूपमा पानी आपूर्ति नगरिएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: