Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

परम्परागत ढोल बाजा सिक्दै धिमाल समुदायका युवा

खबरडबली संवाददाता

झापा । दमक नगरपालिकाले अल्पसङ्ख्यक धिमाल समुदायको परम्परागत ढोल बाजाको संस्कृति लोप हुन नदिन ढोल बजाउने र नृत्य प्रशिक्षण सञ्चालन गरेको छ । 

लोप हुन लागेका संस्कृतिमा युवा पुस्तालाई आकर्षित गर्न यही जेठको दोस्रो सातादेखि दमक–४ मा तालिम सञ्चालन गरेको हो । नगरपालिकाले विसं २०७४ असोज ३० गते धिमाल जातिलाई प्रथम नागरिकका रुपमा घोषणा गरी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले पोदो अर्थात ढोलमा बजाइने सांस्कृतिक तालको संरक्षणमा तालिमले मद्दत पुग्ने बताए । धिमाल जातिले बजाउने ढोल अरु जातिले बजाउने भन्दा केही फरक हुन्छ । बाजा मात्र फरक होइन, यसमा बजाइने तालहरुसमेत फरक हुने भएकाले लोपोन्मुख तालको खोजी गर्न गाउँघरमा पछिल्लो समय यस किसिमको तालिम दिन थालिएको धिमाल समुदायका अगुवा रतन धिमालले बताए । 

धिमालका अनुसार अवस्था र महत्वका आधारमा १३ प्रकारको ताल बजाइने गरिन्छ । उनले भने, “खासगरी पूजा गर्दा, बाटोमा हिँड्दा, रमाइलो गर्दा र अन्य अवस्थामासमेत ढोलको आवाजले थाहा पाइन्छ, यसले हाम्रो संस्कृति झल्काउँछ ।”

पछिल्लो समय ढोल बजाउनेहरु हराउँदै गएकाले सँस्कृति संरक्षणमा चिन्ता थपिएको उनको भनाइ छ । धिमाल जातिको आफ्नै भाषा, धर्म, सँस्कृति र भेषभुषा छन् । सँस्कृति र भाषा हराएपछि जाति हराउला भन्ने चिन्ताले लोपोन्मुख सँस्कृतिको संरक्षणमा जुटेको प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले जानकारी दिए । 

तालिममा सहभागीले ढोलका १३ ताल सिकेका छन् । ढोल बनाउने काठ र वन्यजन्तुको छाला अभाव हुन थालेकाले विस्तारै ढोल लोप हुँदै गएको छ । एउटा ढोल बनाउँदा रु ५० हजार भन्दा बढी खर्च हुन्छ । 

नेपालमा एक सय ४२ जातिमध्ये ९८ जाति अल्पसङ्ख्यकको सूचीमा छन् । यीमध्ये धिमालको जनसङ्ख्या २५ हजार छ सय ४३ रहेको छ । धिमाल जातिले आफ्नो संस्कृति संरक्षणमा चासो राख्नुले अन्य जातिलाई प्रेरणा मिलेको आदिवासी जनजाति महासङ्घ झापाका पूर्वअध्यक्ष पारसमणि राई बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending