Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

म्याद गुज्रेको औषधी बेचेपछि पानोर्मा फार्मेसीलाई कारबाही गर्न महानगरको पत्राचार

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई पत्र पठाएको छ । कामपा स्वास्थ्य विभागले कामपा–३, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा रहेको उक्त फार्मेसीको बारेमा गुनासो आएपछि अनुगमन गरी कारबाहीका लागि विभागलाई पत्राचार गरेको हो ।

विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कामपाको स्वास्थ्य विभागले केही दिनअघि उक्त फार्मेसीमा अनुगमन गरेको थियो । अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधि भेटिएको थियो । 

विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डिप फ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्ने चिकित्सकहरुको भनाइ छ । यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिन नै फार्मेसी बन्द गरिएको थियो । 

यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ विपरीतको अवस्था रहेको महर्जनको भनाई छ । विभागका निमित्त प्रमुख महर्जनका अनुसार कारबाहीका लागि लेखेर पठाइएको यो पहिलो पत्र हो । 

औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधि बेच्न, अरु सामानलाई औषधि भनेर बिक्रि गरेमा कसैको ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म वा जरिवाना हुनेछ । यस्तै शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा पाँच वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । 

यसबाहेक ऐनमा लेखिएका व्यवस्थाको पालना नगर्नेलाई एक वर्षसम्म कैद वा रु पाँच हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको कामपाको स्वास्थ्य विभागले जनाएको छ । 

कामपाले औषधि पसलहरुको नियमित अनुगमन गर्दै आएको छ ।  मातहतका अस्पतालहरुमा कुहीने र नकुहीने फोहर वर्गीकरणको सवालमा पनि कामपाले अनुगमन गरिरहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

आगामी बजेट सन्तुलित आउँछ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णा...

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending