Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको छ ।

सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेज [HR world services] को कार्यालयमा मेनपावर व्यवसायीको आडमा गुण्डागर्दी चलाइरहेका बस्नेतको नेतृत्वमा पुगेका झण्डै २ सय जना मेनपावर व्यवसायी भनिने गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बोलाएर एचआर वल्र्ड सर्भिसेज बाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो ।

काठमाडौंस्थित मेनपावर व्यवसायीहरुको व्हाटसएप  (whatsapp)  ग्रुपमार्फत् बस्नेतले तुरुन्त मेनपावरमा पुग्नका लागि उर्दी जारी गरेका थिए । सँगै उनी सबैभन्दा पहिले मेनपावर पुगेका थिए । मेनपावर पुगेलगत्तै उनले ‘तँहरु यहाँ किन आएको’ भन्दै कठालो समातेर पीडितहरुलाई एउटा बन्द कोठामा लगेका थिए । 

उनले सुरुमै पीडितलाई झापड हानेका थिए । उनले झापड हानेपछि अन्यले पनि सँगसँगै पीडितहरुलाई कुटपिट गरेको पीडितहरुले उज्यालो नेटवर्कसँग बताएका छन् । सयौंको संख्यामा आएका मेनपावर व्यवसायी भनिने उनीहरु गुण्डागर्दी शैलीमा उनीहरुलाई धमाधम हानेको एकजना पीडितले बताए । ती पीडितका अनुसार उनीहरुलाई पछि प्रहरी वृत्त गौशालालको टोलीले उद्धार गरेको थियो ।

बबि थापा सञ्चालक रहेको एचआर वल्र्ड सर्भिसेज नामको मेनपावरले सर्विया पठाउँछु भन्दै १३ जना युवाहरूसँग प्रतिव्यक्ति ५ लाख ५० हजारदेखि ५ लाख ७० हजारसम्म उठाएको पाइएको छ । सञ्चालक थापाले उनका एजेन्ट वसन्त खरालमार्फत् उक्त पैसा संकलन गरेको प्रमाण उज्यालो नेटवर्कलाई प्राप्त भएको छ । जारी महिनाको ७ तारिखमा उनीहरुलाई सर्वियाको फ्लाइट छ भन्दै ती खराल र थापाले बोलाएका थिए । तर, ७ गतेबाट नै खराल सम्पर्क विहीन भए । खरालले बबि थापासँगाको संलग्नतामा सबै कागजात नक्कली बनाएको प्रमाण फेला परिसकेको छ ।

यही सिलसिलामा ती पीडितहरु एचआर वल्र्ड सर्भिसेजमा आफ्नो डुबेको पैसा फिर्ता माग्न धाइरहेका थिए । असार ३ गतेबाट सञ्चालक बबि थापा पनि फरार थिइन् । थापालाइ सोमबार पीडितहरुले उनको कार्यालयमा भेटेका थिए । पीडितहरुले पैसा माग्न थालेपछि बबि थापाले बाहिरबाट गुन्डाहरु आएर अफिस तोडफोड गर्न लागेको छ भन्दै मेनपावर व्यवसायीहरुको ग्रुपमा गलत सन्देश प्रवाह गरेकी थिइन् । उनका म्यानेजर भनिएका झलक प्रसाइले म्यापसहित तुरुन्त आउन सुचना पठाएका थिए ।

सूचना दिएपछि महेश बस्नेतले व्यहाटसएप गु्रपमार्फत् भनेका थिए, ‘सबैजना को कुन ठाउँमा हुनुहुन्छ, व्यवसायी मित्रहरु पुगौँ, पुगिहालौँ, नजिक हुने साथीहरु अलि छिटो पुगौँ, यस्तै बेला हो जाने भनेको, सबैजना निस्किहालौँ’ भन्दै उर्दी जारी गरेका थिए । गुण्डागर्दीको नेतृत्व गर्दै पीडितलाई कुटपिट गर्न पुगेका बस्नेतले ११ सेकेण्डको भ्वाइस म्यासेज व्यवसायीको ग्रुपमा गरेका थिए । म्यासेजमा उनीहरुले ‘टाउको फुट्ने गरी दिम साथी हो’भन्दै गरेको म्यासेज समेत हामीलाई प्राप्त भएको छ, जसको अनुसन्धान नेपाल प्रहरीले गरिरहेको छ ।

बस्नेतसँगै इसिएस मेनपावरका संचालक हर्क लिम्बू, एयरपोर्टस्थित ओखल्ढुंगा सुनकोशी गाउँपालिका घर भएका डोटी मेनपावरका संचालक लिल तामाङ, एलन ओभरसिज प्रा।लि।का अध्यक्ष जंग इजाम लगायतका समूह एचआर वर्ल्ड सर्भिसेज पुगेर पीडितहरुको कुरै नसुनि अन्धाधुन्ध पीडितहरुलाई प्रहार गरेको एकजना पीडितले उज्यालो नेटवर्कसँग भिडिओ बयान दिएका छन् ।

‘हामी गुन्डा हैनौ, गाउँबाट भर्खर विदेश जान्छु भनेर आएको युवाहरू हौँ, हाम्रो ७० लाख भन्दा बढी पैसा खाएर बबि थापा फरार भएपछि हामी यहाँ हाम्रो पैसा माग्न आएका हौँ,  भनेर हात जोड्दा समेत उनिहरुले एजेन्टलाई पैसा बुझाएर यहाँ पैसा माग्न आउछस् भन्दै लछारपछार गरेर कुटपिट गर्यो’ पीडित विनम सापकोटाले उज्यालो नेटवर्कसँग भिडिओ बयानमा भने ।

हामीले यस विषय बुझ्न खोज्दा बस्नेतले कुनै प्रतिक्रिया दिन खोजेनन् । ‘म अहिले बाहिर छु, पछि कुरा गरौँ न है’ यति भन्दै उनले फोन राखे । तर, उनले प्रहरीकोमा भने आफुले कसै माथि हात नहालेको, अरु मान्छेहरु आएर कुटपिट गरेको विषयमा आफुले जिम्मेवारी लिन नसक्ने बताएका छन् ।

प्रहरी वृत्त गौशालाका इन्चार्ज केशब थेबेसंग हामीले यसविषयमा कुरा गर्दा मेनपावरमा आएका केही मानिसहरूको मोबाइल खोसेर बन्धक बनाएर कुटपिट गर्दै गरेको खवर आएपछि आफुले तुरुन्त प्रहरी पठाएर उद्वार गरेर ल्याएको बताए । घट्नाको विषयमा नेपाल प्रहरीको एक ब्युरोले अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ । ‘उहाँहरुको व्हाटसएपको म्यासेज हेर्दा ज्यान मार्ने उद्देश्यले नै उहाँहरु कुटपिटमा उत्रिन खोज्नुभएको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घट्नाको वास्तविकता बुझ्दैछौँ, वैदेशिक रोजगारसँग सम्बन्धित विषय भएकाले हामीले गम्भीर रुपमा लिएका छौँ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको शैली पञ्च भन्दा फरक भएनः उषाकिरण

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पञ्चायतविरुद्ध लडेर आएको पार्टी नेतृत्वले पञ्चायती शैली अपनाएको भन्दै कटाक्ष गरेकी छन् । आ...

ओलीको निरंकुश र स्वेच्छाचारी निर्णयले आफूलाई कुनै असर पर्दैनः भीम रावल

काठमाडौं । नेकपा एमालेका पुर्वउपाध्यक्ष भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छ...

हत्या गरिएका बाबु–छोरालाई ८१ वर्षीय षडानन्दले दिए दागबत्ती

काठमाडौं । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालको...

काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँसहित पुनः तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ, संखुवासभा घर भएका ...

रवि, छवि र जीबीविरुद्ध मुद्दा लाग्दा भरत मर्हजनलाई किन उन्मुक्ति ?

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ...

११ बजे बोलाईएको एमाले सचिवालय बैठक बल्ल भयो सुरु

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक तीन घण्टा ढिलो गरी सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा ११ बजेका ला...

अझै सुरु भएन एमाले सचिवालय बैठक

काठमाडौं । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन ।   ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगर...

यौनकर्मी युवतीमाथि छुरा प्रहार, दुई महिना सम्म पनि पाईनन् न्याय

काठमाडौं । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् । रत्नपार्क, पुरान...

सुत्दा सास नलिने अचम्मकी बच्ची !

काठमाडौं । मानिसहरू सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ । त्यसैले सास लिन कहिलेपनि भुलिँदैन । यहाँ एउटी बच्चीले सुत्ने बेला...

दुध बिक्रीबाटै मासिक ९० हजार बचत गर्दै सुनसरीका यादव

सुनसरी  । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूप...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy