एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी गरेको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बताएका छन् ।
प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–उनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एक–अर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
बुधबार हस्ताक्षर भएको सम्झौताअनुरूप रुसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकताअनुसार सहकार्य गर्ने रुसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका थिए ।
‘यसप्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को संकल्पको प्रत्यक्ष उल्लंघन गर्छ,’ जापान सरकारका प्रवक्ता योसिमासा हयासीले बताए ।
‘जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ,’ उनले भने । राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताए ।
‘अन्तर्राष्ट्रिय समुदायको इच्छाविपरीत रुसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को संकल्पको स्पष्ट उल्लंघन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - २१:०३
काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...
मंसिर ११ गते, २०८१ - २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...
मंसिर ११ गते, २०८१ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...
मंसिर ११ गते, २०८१ - १९:५६
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...
मंसिर ११ गते, २०८१ - १९:५०
बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेद...
मंसिर ११ गते, २०८१ - १९:४४
अछाम । अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा. अधिराज ...
मंसिर ११ गते, २०८१ - १९:४१
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्थ...
मंसिर ११ गते, २०८१ - १९:३६
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सघाउने भएकाे छ । एकीकृ...
मंसिर ११ गते, २०८१ - १९:२०
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोलसँग...
मंसिर ११ गते, २०८१ - १९:१२
पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...
प्रतिकृया लेख्नुहोस्: