Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राहुल गान्धीको व्यंग्य- मोदीले युक्रेन युद्ध रोकाए तर पेपर लिक रोक्न सकेनन् !

खबरडबली संवाददाता

काठमाडौं । भारतीय नेशनल कांग्रेसका सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । राहुल गान्धीले प्रधानमन्त्री मोदीले युक्रेनमा युद्ध रोक्ने दाबी गरे पनि पेपर लीक रोक्न नसकेको व्यंग गरेका छन् । 

राहुलले पत्रकार सम्मेलन गर्दै भने- ‘अर्डर दिएर मोदीले रुस र युक्रेनबीचको युद्ध रोकेको भनिएको थियो, इजरायलले पनि गाजा युद्ध रोकेको थियो, तर कुनै न कुनै कारणले भारतमा जुन पेपर लिक भइरहेको छ, नरेन्द्र मोदी रोक्न सक्दैनन् वा रोक्न चाहँदैनन् ।'

राहुल गान्धीले देशको शिक्षा प्रणाली भाजपाले आफ्नो कब्जामा लिएको आरोप लागाउदै विपक्षी दलले पेपर लीकको मुद्दा संसदमा उठाउने बताएका छन् । उनले भारतको शिक्षा प्रणाली र संस्थामा वैचारिक आधारमा अयोग्य व्यक्ति नियुक्ति भइरहेकाले गुणस्तरमा असर परेको दाबी गरेका छन् ।

व्यापक अनियमितताका प्रमाण एकपछि अर्को गर्दै बाहिर आएपछि युजिसी नेट परीक्षा रद्द गरिएको छ । सोहि समयमा, भारतको मेडिकल संस्थानहरूमा भर्नाको लागि एनइईटी परीक्षा पनि प्रश्नको घेरामा छ । बिहार पुलिसले कथित पेपर लीकको अनुसन्धान गरिरहेको धेरै व्यक्तिलाई पक्राउ गरेको छ ।

यसबाहेक मेरिट लिस्टमा पनि प्रश्न उठेको छ । एनइईटी  परीक्षा पनि रद्द गर्न माग गरिएको छ । राहुल गान्धीले भारतमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीमाथि दबाब रहेको पनि बताए ।

राहुलले भने, 'हाम्रा विद्यार्थीहरूमा ठूलो दबाब छ, यो धेरै दिशाबाट आउँदैछ, पहिलो दिशा भारतमा ठूलो बेरोजगारी हो, सबैले यो कारण बुझ्छन् । देशका युवाहरूले मोदी बेरोजगारीको समस्या समाधान गर्न सक्षम नभएको महसुस गरेको बताएका छन् । राहुल गान्धीले पेपर लीक गर्नेहरूमाथि कारबाहीको माग गर्दै कडा कानुन बनाउनु पर्ने बताएका छन् ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: