काठमाडौं । भारतीय नेशनल कांग्रेसका सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । राहुल गान्धीले प्रधानमन्त्री मोदीले युक्रेनमा युद्ध रोक्ने दाबी गरे पनि पेपर लीक रोक्न नसकेको व्यंग गरेका छन् ।
राहुलले पत्रकार सम्मेलन गर्दै भने- ‘अर्डर दिएर मोदीले रुस र युक्रेनबीचको युद्ध रोकेको भनिएको थियो, इजरायलले पनि गाजा युद्ध रोकेको थियो, तर कुनै न कुनै कारणले भारतमा जुन पेपर लिक भइरहेको छ, नरेन्द्र मोदी रोक्न सक्दैनन् वा रोक्न चाहँदैनन् ।'
राहुल गान्धीले देशको शिक्षा प्रणाली भाजपाले आफ्नो कब्जामा लिएको आरोप लागाउदै विपक्षी दलले पेपर लीकको मुद्दा संसदमा उठाउने बताएका छन् । उनले भारतको शिक्षा प्रणाली र संस्थामा वैचारिक आधारमा अयोग्य व्यक्ति नियुक्ति भइरहेकाले गुणस्तरमा असर परेको दाबी गरेका छन् ।
व्यापक अनियमितताका प्रमाण एकपछि अर्को गर्दै बाहिर आएपछि युजिसी नेट परीक्षा रद्द गरिएको छ । सोहि समयमा, भारतको मेडिकल संस्थानहरूमा भर्नाको लागि एनइईटी परीक्षा पनि प्रश्नको घेरामा छ । बिहार पुलिसले कथित पेपर लीकको अनुसन्धान गरिरहेको धेरै व्यक्तिलाई पक्राउ गरेको छ ।
यसबाहेक मेरिट लिस्टमा पनि प्रश्न उठेको छ । एनइईटी परीक्षा पनि रद्द गर्न माग गरिएको छ । राहुल गान्धीले भारतमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीमाथि दबाब रहेको पनि बताए ।
राहुलले भने, 'हाम्रा विद्यार्थीहरूमा ठूलो दबाब छ, यो धेरै दिशाबाट आउँदैछ, पहिलो दिशा भारतमा ठूलो बेरोजगारी हो, सबैले यो कारण बुझ्छन् । देशका युवाहरूले मोदी बेरोजगारीको समस्या समाधान गर्न सक्षम नभएको महसुस गरेको बताएका छन् । राहुल गान्धीले पेपर लीक गर्नेहरूमाथि कारबाहीको माग गर्दै कडा कानुन बनाउनु पर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: