Ntc summer Offer
Khabar Dabali १ श्रावण २०८२ बुधबार | 16th July, 2025 Wed
Investment bank

आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँछौँ: मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छिन् । बिहीबार विनियोजित मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । 

मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताइन् । उनले यसलाई थप व्यवस्थित गर्न सरकारले विधेयक तर्जुमालाई अन्तिम चरणमा पुर्‍याएको बताइन् । उनले नेपालको प्रचलित कानुन र सामाजिक सद‍्भाव सामाजिक वातावरणमाथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनैपनि सामाजिक प्लेटफर्मप्रति सरकारको आग्रह/पूर्वाग्रह नगरेको बताइन् । 

मन्त्री शर्माले सामाजिक सञ्जाल, युट्युबको व्यवस्थित अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको बताइन् । उनले नागरिकमा गुणस्तर र सुलभ इन्टरनेट सेवा पुर्‍याउने काम भइरहेको उल्लेख गरिन् ।
मन्त्री शर्माले अहिले दुई वटा मोबाइल सेवा प्रदायक र ११५ इन्टरनेट प्रदायक दर्ता भएर सेवा दिइरहेको भन्दै देशभर गुणस्तरीय सेवा पुर्याउन आवश्यकता अनुसार पूर्वाधार निर्माण थप गर्ने कार्य अघि बढेको बताइन् । 

उनले भनिन्,‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउँदै लगिनेछ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भएको छ । थप व्यवस्थित गर्न विधेयक तर्जुमा अन्तिम चरणमा छ । नेपालको प्रचलित कानुन र सामाजिक सद‍्भाव सामाजिक वातावरण माथि प्रतिकुल असर नपर्ने गरी सञ्चालन हुने कुनै पनि सामाजिक प्लेट र्फमप्रति सरकारको आग्रह पूर्वाग्रह नभएको कुरा निवेदन गर्न चाहन्छु । सामाजिक सञ्जाल, युट्युबको व्यवस्थित अभिलेख र नियमित अनुगमनको कार्य प्रेस काउन्सिल नेपालबाट भइरहेको छ ।’

मन्त्री शर्माले उच्च गतिको इन्टरनेट बिस्तारको लागि एक वर्षको अवधिमा ९ जिल्ला थप गरी ७६ जिल्लामा बिस्तार भएको एफटीटीएस सेवा आगामी आर्थिक वर्षमा सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा बिस्तार गर्दै लगिने बताइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छिन् । उनले साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  पद...

पाथीभरामा एक वर्षमा सावा दुई लाखभन्दा बढी पर्यटक

ताप्लेजुङ । ताप्लेजुङका प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षमा दुई लाख १७ हजार ७७६ जना दर्शनका लागि पुगेको छन् । पाथीभरा क्षेत्रमा भएको आन्दोलन...

नवलपुरमा अवैध रूपमा डिजेल बेच्ने एक पक्राउ

नवलपुर । नवलपुरको देवचुली नगरपालिका– १, दुम्कौलीमा अवैध रूपमा डिजेल बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

बैतडीमा नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । ...

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

कास्की । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।  दुई...

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्ण...

चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद

काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री...

साउन १६ लाई राष्ट्रिय कोदो दिवस मनाइने

काठमाडाैं । सरकारले प्रत्येक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।  यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको नि...

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

टोकियो । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशत...

नवनियुक्त मन्त्री न्यौपानेद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । राष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending