Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

पर्दामा फेरी देखिए भक्तराज आचार्य

खबरडबली संवाददाता

काठमाडौं । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यलाई यसपटक हामीले गुमायौं । गत १४ फागुनमा उनको निधन भयो । यिनै श्रष्टाको जीवनीलाई ‘बायोपिक सिनेमा’को रुपमा चलचित्र आचार्यमार्फत आजबाट दर्शकले सिनेमा हलमा हेर्न पाउने भएका छन् ।

त्यसो त चलचित्र आचार्यलाई केही दर्शकले यसअघि पनि पक्कै हेरिसकेका छन् । यसपटक केही दृष्य थप गरेर आचार्यलाई फेरी पर्दामा ल्याउन लागिएको हो । यो चलचित्र शुक्रबारबाट देशव्यापी रिलिज हुने भएको छ ।

यो बायोपिक फिल्म ‘आचार्य’ को बुधवार साँझ प्रीमियर शो गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रीमियरमा राजनीतिक दलका नेताहरु, चलचित्रकर्मीहरु उपस्थित भएका थिए । यो चलचित्र हेरेपछि धेरैले भक्तराजलाई फेरी सम्झिए । भक्तराजलाई पर्दामा हेर्दा धेरैजना भावुक भएका थिए । सो क्रममा उनीसँगको रुमानी यादहरु सुनाए ।

फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश कलाकारहरु स्वर्गीय भक्तराज आचार्यको जीवन कहानी सम्झेर भावुक भएका थिए । प्रीमियर शोमा चलचित्र ‘आचार्य’ हेरेपछि नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफु बिगतमा पुगेको बताए । स्कुले जीवनमा भक्तराजका गीतहरु सुन्ने र गाउने गरेको स्मरण सुनाउँदै नेपाली संगीतको विकाशमो आचार्यको योगदान उच्च रहेको बताए ।

अग्रज संगीतकार शम्भुजित बासकोटाले भक्तराजको जीवनीलाई चलचित्र आचार्यमा यर्थाथरुपमा उतारिएको बताए । बुबाको भूमिकालाई गायक सत्यराज आचार्यले गजवैसँग निर्वाह गरेको पनि बासकोटाले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि नेपाली गीत संगीतमा भक्तराजको आचार्यको योगदानको चर्चा गरिन् ।,

अग्रज अभिनेता सुनिल थापा, गायक गायिकाहरु मीरा राणा, ओम बिक्रम बिष्ट, यम बराल, नबिन के भट्टराई, आनी छोइङ डोल्मा, चेतन सापकोटा, निशा देशार, प्राश्ना शाक्यलगायतले भक्तराजसँगका यादहरु सञ्चारकर्मीलाई सुनाए ।

यो चलचित्र १३ वर्ष अघि नै निर्माण भएको हो । यसलाई भजन शिरोमणि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले पुन रिलिज गर्न लागिएको गायक सत्यराज आचार्यले बताए । उनका अनुसार यसपटक प्रदर्शन हुने यो चलचित्रमा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिएको छ । यसलाई सिल्क रोड पिक्चर्सले पुनःप्रर्दशन गर्न लागेको हो ।

यसपटक सिनेमा हलमा गतिला नेपाली चलचित्र छैनन् । सोही कारण पनि निर्माण पक्षले चलचित्र भक्तराजलाई पुन निर्माण गरेर रिलिज गरेको हो । नेपाली प्रेमी दर्शकहरुका लागि यो एउटा फरक चलचित्र लाग्ने निर्माण पक्षको विश्वास छ ।

यो चलचित्रमा गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायतको अभिनय रहेको छ । चलचित्रलाई रोशन राईले निर्माण गरेका हुन् । यो चलचित्रलाई प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । यसमा देवजंग थापाको पुनः सम्पादन रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अदिकतम छुट अफर’ दिने

काठमाडौं । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ...

विद्युतीय साइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल...

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

भैरहवा । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खे...

ग्लोबल आइएमई बैंक र क्यानाडाको आईसीआईसीआई बैंकबीच बैंकिङ्ग सहकार्यमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसस...

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी  । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँ...

ओली सरकार १०० दिनमा राज्यको ढुकुटी लुटने काममा सफल भएको छः प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जो...

निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं । उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । यहाँ विगत चार दिनदेखि भारी वर्षा भइरहेको छ । ...

सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट दिएको छैन्ः नारायणकाजी श्रेष्ठ

विराटनगर। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्। बुधबा...

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं ...

जुवातास खेलिरहेको अवस्थामा २१ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशभरबाट २१ जना जुवाडे पक्रा गरेको छ । प्रहरीले काठमामडौंबाट १०, उदयपुरबाट ४ र बाँकेबाट ७ जनालाई पक्रााउ गरेको हो ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy