Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

अख्तियारकाे हेटौंडा कार्यालयमा उजुरीको चाङ

खबरडबली संवाददाता

मकवानपुर । सेवा प्रवाह र कार्य प्रणालीमा पारदर्शिता नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा उजुरीको चाङ बढ्दो छ । कार्यालयमा दैनिक औषत २०० वटासम्म उजुरी पर्ने गरेका छन् ।

मकवानपुरको १० वटै पालिका मध्ये सबै भन्दा बढी उजुरी हेटौडा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म हेटौडा उपमहानगरपालिकाको उजुरी १८५ वटा परेको हो ।

अख्तियार हेटौडा कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सिडिइ सुरेन्द्र घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षको दायित्व सारिएको ११३ समेत हेटौंडा उपमहानगरपालिकाको उजुरी संख्या २५८ पुगेको हो ।

हेटौडा उपमहानगरपालिकापछि सोही अवधीमा मकवानपुरगढी गाउँपालिकाको ३४ उजुरी परेकोमा अघिल्लो आवको समेत १९ गरी ५५ वटा उजुरी रहेको घिमिरेले बताए । यसैगरी चालु आवको जेठ मसान्तसम्म मकवानपुरको इन्द्रसरोवर र कैलाश गाउँपालिकाको ४–४ वटा उजुरी परेको छ भने कैलाशको अघिल्लो आवको ५ दायित्व सारिएपछि ९ उजुरी रहेको छ । तर इन्द्रसरोवरको अघिल्लो आवको दायित्व सरेर चालु आवमा एउटा पनि उजुरी आएको छैन ।

यस्तै मनहरी गाउँपालिकाको २७, बकैया गाउँपालिका र थाहा नगरपालिकाको १४–१४, राक्सिराङ्ग गाउँपालिकाको ११ भीमफेदी गाउँपालिकाको १० र बागमती गाउँपालिकाको ८ वटा उजुरी रहेका छन् । उनको अनुसार ती पालिकाहरुमा अघिल्लो आवबाट क्रमशः १०, १२, ५, ११, ५ र ३ उजुरी दायित्व सरेर आएको छ ।

यस्तै हेटौडाको फर्छ्यौट उजुरी १७९ वटा बाँकी ११९ वटा उजुरी रहेका छन् भने मकवानपुरगढीको ३९ वटा फर्छ्याौट हुँदा १४ वटा बाँकी रहेको छ । थाहानगरको १६ वटा उजुरी फर्छ्यौट भएकोमा ३ वटा बाँकी, राक्सिराड्डको ११ वटा फर्छ्यौट हुँदा ११ वटै वटा उजुरी फर्छ्यौट बाँकी रहेको छ । भीमफेदीको ६ वटा फर्छ्यौट हुँदा ९ वटा फर्छ्यौट बाँकी रहेको छ ।

बागमतीको ५ वटा फर्छ्यौट भएकोमा ६ वटा फर्छ्यौट हुन बाँकी रहेको छ ।कैलाशको ६ वटा उजुरी फर्छ्यौट भएकोमा ३ वटा फर्छ्यौट हुन बाँकी रहेको देखिन्छ । इन्द्रसरोवरको ३ वटा उजुरी फर्छ्यौट भएकोमा १ वटा फर्छ्यौट हुन बाँकी रहेको छ ।

यसैगरी अख्तियारको हेटौडा कार्यालयमा सबै भन्दा बढी बारा जिल्लाको उजुरी दर्ता भएको छ । बारा जिल्लाको चालु आवको जेठ मसान्तसम्म ५८७ वटा उजुरी दर्ता भएका छन् । 

यसैगरी अघिल्लो आवको दायित्व सरेर २०१ आएको गरी ७८८ उजुरी बारा जिल्लाको देखिन्छ । यस्तै रौतहट उजुरी पर्ने गरेको आधारमा दोस्रो जिल्ला रहेको छ । रौतहटमा जेठ मसान्तसम्म ४८४ उजुरी दर्ता भएको छ । अघिल्लो आवबाट सरेर आएका १९९ वटा उजुरी समेत गरी रौतहटको उजुरी संख्या ६८३ रहेको छ ।

यस्तै अख्तियारमा पर्सा जिल्लाको ४३४ उजुरी जेठ मसान्तसम्म दर्ता भएका छन् । गत आवको दायित्व सरेर आएका १७३ समेत गरी पर्सामा ६०७ उजुरी दर्ता भएका हुन् । मकवानपुर जिल्लाको जेठ मसान्तसम्म ३११ उजुरी परेको छ ।

गत आवबाट १८३ उजुरी दायित्व सरेर आएको समेत गरी यो संख्या ४९४ रहेको छ । चितवनको जेठ मसान्तसम्म १८१ उजुरी दर्ता भएकोमा गत आवबाट १८१ दायित्व सरेर आएको छ । यस्तै दोलखाको ४० धादिङको २३ काभ्रेपलाञ्चोकको २२ नुवाकोटको १७ रसुवाको ८ सिन्धुपाल्चोकको ५ रामेछापको ४ वटा उजुरी अख्तियारको हेटौडामा दर्ता भएको छ ।

बारा जिल्लाको गत आवको समेत गत जेठ मसान्तसम्म ४३६ उजुरी फर्छ्योट भएकोमा ३५२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । रौतहटको ३८१ उजुरीको फर्छ्यौट हुँदा ३०२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको छ । पर्साको ३८२ वटा फर्छ्यौट हुँदा २२५ वटा उजुरी बाँकी रहेको तथ्याङले देखाउँछ । जेठ मसान्तसम्म मकवानपुरको ३०५ उजुरी फर्छ्यौट हुँदा १८९ उजुरी बाँकी रहेको छ ।

यस्तै चितवनको १४७ फर्छ्यौट १२१ उजुरी बाँकी, दोलखा २८ फर्छ्यौट १२ उजुरी बाँकी, धादिङको १० फर्छ्यौट १३ उजुरी बाँकी, काभ्रेको १८ फर्छ्यौट ४ उजुरी बाँकी, नुवाकोटको १६ फर्छ्यौट १ उजुरी बाँकी, रसुवाको ७ फर्छ्यौट १ उजुरी बाँकी, सिन्धुपाल्चोकको ४ फर्छ्यौट १ उजुरी बाँकी र रामेछापको १ फर्छ्यौट ३ उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार हेटौडाले प्रस्तुत गरेको तथ्याङमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अदिकतम छुट अफर’ दिने

काठमाडौं । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ...

विद्युतीय साइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल...

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

भैरहवा । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खे...

ग्लोबल आइएमई बैंक र क्यानाडाको आईसीआईसीआई बैंकबीच बैंकिङ्ग सहकार्यमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसस...

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी  । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँ...

ओली सरकार १०० दिनमा राज्यको ढुकुटी लुटने काममा सफल भएको छः प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जो...

निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं । उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । यहाँ विगत चार दिनदेखि भारी वर्षा भइरहेको छ । ...

सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट दिएको छैन्ः नारायणकाजी श्रेष्ठ

विराटनगर। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्। बुधबा...

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं ...

जुवातास खेलिरहेको अवस्थामा २१ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशभरबाट २१ जना जुवाडे पक्रा गरेको छ । प्रहरीले काठमामडौंबाट १०, उदयपुरबाट ४ र बाँकेबाट ७ जनालाई पक्रााउ गरेको हो ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy