Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुबाशलाई

खबरडबली संवाददाता

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि जितेका छन् । 

आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुबाशले समग्रमा १६-अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए । प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद २ लाख ७५ हजार प्राप्त गरे ।

समग्रमा १४-अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे । निरजले ५-अन्डर ६७ र भुवनले ३-अन्डर ६९ को स्कोर दर्ज गरे । उनीहरूले जनही १ लाख ४८ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले १-अन्डर ७१ सहित समग्रमा १२-अन्डर २ सय ७६ को स्कोरमा चौथो भए । उनले १ लाख २ हजार हात पारे ।

समग्रमा ६-अन्डर २ सय ८२ को नतिजामा तोरण विक्रम शाही पाँचौ हुँदै ८८ हजार प्राप्त गरे । उनले आज इभन-पार ७२ मा खेल सकाए । २-अन्डर २ सय ८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अन्डर ७० मा सकाए। उनले ८० हजार नगद पुरस्कार हात पारे ।

समग्रमा इभन-पार २ सय ८८ सहित टंक बहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए । टंकले ३-अन्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाए । उनीहरूले जनही ७१ हजार ५ सय नगद हात पारे । समग्रमा १-ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौं र ६-ओभर २ सय ९४ सहित रामे मगर दशौं भए । रविले आज ३-अन्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाए । रविले ६४ हजार र रामेले ५९ हजार नगद हात पारे ।

एमेच्योरतर्फ ८-अन्डर २ सय ८० को स्कोरमा बिजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सदभाव आचार्यले उपाधि जिते। उनले आज १-ओभर ७३ को स्कोर निकाले । आज १-अन्डर ७१ खेल्दै विजय सहित समग्रमा ६-अन्डर २ सय ८२ सहित दोस्रो भए। समग्रमा २-अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए । उनले‌ आज २-अन्डर ७० खेले ।

अन्तिम दिनको सुरूवात गर्दा सुबाश र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो । दोस्रो होलको बोगी विरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । भुवनले दोस्रो र आठौं होलमा एक-एक सट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । फ्रन्ट नाइनको खेल सकिंदा सुबाश र भुवन कुल १३-अन्डरको स्कोरमा बराबरीमा थिए ।

यसपछि दशौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए । ११औं होलमा सुबाशको टी सट पानीमा खस्यो । यो होलमा सुबाशले बोगी खेपे । भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए । तर यो अग्रता सुबाशले १२औं होलमा एक स्ट्रोकमा झारे । सुबाशले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे । भुवनले भने बर्डी प्रहार गरे । यसपछिका ४ होलमा दुबैले बराबरी खेले ।

एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७औं होल हारको कारण बन्यो । उनको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेपे । सुबाशले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए । अन्तिम होलमा बर्डी प्रहार गर्दै सुबाशले २ स्ट्रोकले उपाधि जिते। उनले ब्याक नाइन ३-अन्डर ३३ मा र भुवनले १-अन्डर ३५ मा पुरा गरे । सुर्य नेपाल गल्फ टुरमा सुबाशको यो समग्रमा छैटौं उपाधि हो ।

निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए । पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागीता रहेको थियो ।

यो सिजनको कुल आठ प्रतियोगिता मध्ये एमेच्योर सदभाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्र बहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुबाश तामाङले एक एक उपाधि जिते ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि कुमार रायवरम र पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE