बारा । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक जनाको मृत्यु भएको छ ।
सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा सिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो ।
हतियारसहित निकुञ्ज इलाकामा प्रवेश गरेका सिकारीलाई नभाग्न चेतावनी दिएकोमा उल्टै सेनाको टोलीमाथि सिकारी समूहले फायरिङ गरेपछि सेनाको गस्तीले जवाफी फायरिङ गर्नुपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको जवाफी फायरिङपछि भागेका सिकारीको टोलीलाई घटनास्थल वरपर खोज्दै जाँदा एक जना मृत फेला परेको सेनाले पुष्टि गरेको छ । घटनास्थलबाट सेनाले दुई नाल भरुवा बन्दुक र सिकारीले प्रयोग गरेका बन्दोबस्तीका सामग्री फेला परेको जानकारी दिएको छ ।
अम्लेश्वर मध्यवर्ती सामुदायिक वन समितिका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, निकुञ्ज प्रशासन तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले घटनासम्बन्धी अनुसन्धान तथा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको सेनाले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - ०९:३१
झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित बिरान टोलमा मंगलबार बिहान भीषण आगलागी हुँदा एक गोठ र घर जलेर नष्ट भएका छन्। प्राप्त जानकारीअनुसार, बिहान ...
भाद्र १० गते, २०८२ - ०९:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै यस पर्व व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन्। ...
भाद्र १० गते, २०८२ - ०९:०९
काठमाडौं । सरकारमा सहभागी दलले औपचारिक रूपमा सरकार छाडेको जानकारी गराइसकेपछि पनि विश्वासको मत नलिएकामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ...
भाद्र १० गते, २०८२ - ०८:५७
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाविरुद्धको पदअनुकूल आचरण नगरेको आरोपसहितको प्रस्ताव हाललाई अघि नबढाउने निर्णय गरेको छ। आ...
भाद्र १० गते, २०८२ - ०८:४६
झापा । यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
भाद्र १० गते, २०८२ - ०८:४१
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन ...
भाद्र १० गते, २०८२ - ०७:४५
काठमाडौं । आज हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई...
भाद्र १० गते, २०८२ - ०७:३०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन्...
भाद्र १० गते, २०८२ - ०७:२७
महोत्तरी । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्...
भाद्र १० गते, २०८२ - ०७:२१
तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएक...
प्रतिकृया लेख्नुहोस्: