Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

वर्तमान सत्तागठबन्धन फेरबदल हुँदैन: मन्त्री शर्मा

खबरडबली संवाददाता

धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सत्तागठबन्धन फेरबदल नहुने दाबी गरेकी छिन् । प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले लामो सहकार्य गर्ने गरी वर्तमान गठबन्धन निर्माण भएको बताइन् । 

बजेटबारे केही नेताका असन्तुष्टि सार्वजनिक भए पनि त्यसले गठबन्धनलाई कुनै असर नगर्ने उनको दावी छ । ‘केही नेताका अभिव्यक्तिका आधारमा गठबन्धन फुट्ने संभावना छैन, लामो सहकार्य गर्ने र स्थायित्व दिने गरी नै यो सहकार्य गरेका हौँ,’ बजेटलाई लिएर सत्ता पक्षमै देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नमा मन्त्री शर्माले भनिन्, ‘बजेटमा आफ्नै पार्टीका सांसदको त विरोध आउँछ पाँच–सात पार्टी एक ठाउँमा बसेर काम गर्दा फरक मतहरु आउनु स्वाभाविक हो ।’

अहिले एउटै पार्टीले सरकार चलाएजस्तो अवस्था नरहेको उल्लेख गर्दै उनले आआफ्ना धारणाहरु आउनु अन्यथा नभएको बताइन् । बजेटका कारण सरकार अफ्ठेरामा नपर्ने मन्त्री शर्माले ठोकुवा गरिन् । बजेट सन्तुलित रहेको उनको दावी छ ।

‘बजेट सन्तुलित छ, जनतामुखी र समाजवादउन्मुख छ । यसले उत्पादनलाई ध्यान दिएको छ,’ उनले भनिन्, ‘बजेट सन्तुलित छ भनेर निजि क्षेत्र र नागरिकमा उत्साह देख्छु ।’ मन्त्री शर्माले सत्तारुढ दलहरुको ‘स्ट्रेन्थ’का आधारमा राजदुत नियुक्त गरिएको बताइन् । गठबन्धन बदलिने वित्तीय राजनीतिक नियुक्तिबाट भएका राजदुत फिर्ता बोलाउने परम्पराअनुसार सरकारले राजदुत फिर्ता बोलाएको उनले प्रष्टीकरण दिइन् । ‘ठीक–बेठीक बहसको कुरा होला, तर गठबन्धन बदलिनेवित्तिकै राजनीतिक नियुक्तिका राजदुत फिर्ता बोलाउने चलनअनुसार सरकारले फिर्ता बोलाएको हो’ शर्माले भनिन् ।

मन्त्री शर्माले नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा सहभागी गराउने तयारी रहेको जानकारी दिइन् । सरकार पुनर्गठनको तयारी भने अहिले नरहेको उनको दाबी छ । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सके अर्बौँ रकम भित्र्याउन सकिने संभावनालाई मध्यनजर गर्दै सरकारले दशक मनाउन लागेको बताइन् । 

नेपाललाई आइटी हबको रुपमा विकास गर्न सकिने संभावना रहेको औँल्याउँदै उनले सूचना प्रविधि दशक मनाउने विषयलाई नीति कार्यक्रम, बजेट वक्तव्यमा पनि समावेश गरिएको बताइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: