काठमाडौं । काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुल, कक्षा ५ मा अध्ययनरत १ सय ३४ जना छात्रछात्राले नागार्जुन नगरपालिकास्थित रानीबारीको मानवसेवा आश्रममा सहयोग गरेका छन् । विद्यार्थीहरूले आश्रममा स्थलगत भ्रमण गरी त्यहाँ रहेका असहाय, रोगी तथा पीडित मानवहरूलाई सहयोग गरेका हुन् ।
उनीहरूले फजुल खर्च नगरी आफूले बचाएको २५ हजार ५५ रुपैयाँ मिलेर सहयोग गरेका हुन् । स्वेच्छिक रूपमा आश्रममा आश्रितहरूको भोजन कोषका लागि रकम हस्तान्तरण गरिएको विद्यार्थीहरूले जनाएका छन् । भ्याली भ्यु स्कुलको सामाजिक अध्ययन विभागले 'मानवसेवा' शीर्षकको शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत उक्त भ्रमण एवम् सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको प्राथमिक तह संयोजक सुशीला शर्माले जानकारी दिइन् ।
प्रयोगात्मक तरिकाले गरिएको शिक्षण सिकाइबाट बालबालिकालाई गहिरो र दिगो प्रभाव परेकोमा विषय शिक्षकको नाताले आफूलाई निकै सन्तुष्टि मिलेको शिक्षिका हिमा बाँस्तोलाले प्रतिक्रिया दिइन् । मानवसेवा आश्रमका स्वयंसेवक तथा अधिकारीहरूले बालबालिकाहरूलाई आश्रमभित्रका विविध गतिविधिबारे औपचारिक जानकारी दिएका थिए ।
यस किसिमका अभ्यासले आदर्श तथा नैतिकवान् नागरिक निर्माणमा सहयोग पुग्ने विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीको विश्वास छ । अशक्त र बेसहाराहरूलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाको विकासको बिजारोपण आजका साना बालबालिकाको मन-मस्तिष्कमा गराउन सके समयसापेक्ष शैक्षिक मर्म सार्थक हुनेभएकाले विद्यार्थीहरूका लागि अभिभावकवर्ग समेतको हौसलायुक्त सहयोगमा सबैलाई सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: