Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार

खबरडबली संवाददाता

भोजपुर । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो ।

अहिले स्थानीयले विद्युत्को उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युत्ले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताए । अहिले विभिन्न विद्युतीय उपकरण जोडेर दैनिक काम गर्न सक्ने वातावरण बनाइएको उनको भनाइ छ । 

“विद्युत् विस्तारसँगै स्थानीय उद्यमशीलतामा जोडिएका छन्”, राईले भने, “हामीले विद्युत्को अधिकतम उपयोगमा जोड दिँदै गाउँले जीवनलाई सहज बनाउने प्रयत्न गरिरहेका छौँ ।” विद्युत् विस्तारको काम सम्पन्न भएसँगै स्थानीयलाई विद्युत्का माध्यमबाट उद्यमशीलतासँग जोड्ने काम थालिएको उनले जानकारी दिए ।

वडाध्यक्ष एकराज आचार्यका अनुसार स्थानीयको कुटानी पिसानीको समस्यालाई समाधान गर्दै उनीहरूलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ । वडा कार्यालयले रु चार लाख ५० हजार खर्च गरेर टोल स्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको उनले जानकारी दिए ।

“भौगोलिकरुपमा विकट भए पनि यहाँका सम्पूर्ण स्थानमा विद्युत् विस्तार गर्न सफल भएका छौँ”, वडाध्यक्ष आचार्यले भने, “अहिले विद्युत्को उपयोग गर्दै स्थानीयवासी उद्यममा जोडिएका छन् । स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक साथ र सहयोग गर्दै आएका छौँ ।” उनका अनुसार वडाले ‘वैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको छ ।

मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायत रैथाने बालीलाई पिसेर सहरका भान्सामा पुर्याउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उत्पादित सामग्री बाहिर पठाउन वैकुण्ठेबाट गएर काठमाडौँ तथा अन्य सहरमा बसेकासँग समन्वय गरिरहेको उनले बताए ।

“उद्यमशीलतमा जोड्दै यहाँका रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन गरिरहेका छौँ । प्रशोधित सामग्री विभिन्न जिल्लामा पठाउन थालेका छौँ । यसले युवामा उत्साह थप्नुका साथै स्थानीयको आर्थिकस्तर सबल बन्दै गएको छ”, वडाध्यक्ष आचार्यले भने । विद्युत् विस्तार भएपछि स्थानीयमा सूचनाको पहुँचमा पनि विस्तार भएको उनको भनाइ छ ।

विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरायसी कामकाजमा पनि सहजता भएको वडासदस्य सावित्रा राईले बताइन् । “प्रविधिको उपयोगबाट दैनिकीलाई सहज बनाउन सकिँदो रहेछ”, उनले भनिन्, “कुटानी पिसानीका लागि घण्टौँ समय लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्था हटेको छ । महिला पनि विभिन्न स्वरोजगारमूलक काममा व्यस्त हुन थालेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending