Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने

खबरडबली संवाददाता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताएका छन्।

उनका अनुसार प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन सकेको थिएन। अहिले महाधिवेशन प्रतिनिधिहरूको प्रवेश कार्ड वितरण कार्य भइरहेको र उक्त प्रक्रिया सकिएपछि बन्दसत्र सुरु गरिने तयारी गरिएको छ।

“सुरुमा २८ सयदेखि ३ हजारसम्म प्रतिनिधि सहभागी हुने अनुमान गरिएको थियो। तर संख्या बढेर ४२ सयभन्दा बढी पुगेपछि केही प्राविधिक समस्या देखियो, जसका कारण हिजो बन्दसत्र सुरु गर्न सकेनौं,” पराजुलीले भने।

उनले हाल प्रतिनिधिहरूलाई प्रवेश कार्ड वितरण भइरहेको जानकारी दिँदै वितरण प्रक्रिया सम्पन्न भएपछि भोजनको व्यवस्था गरेर बन्दसत्र सञ्चालन गरिने बताए।

पराजुलीका अनुसार बन्दसत्र सुरु गर्न आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ र एक बजेसम्ममा कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ।

उनले बन्दसत्र ढिलाइ हुँदा महाधिवेशन प्रतिनिधि तथा सञ्चारकर्मीलाई परेको असुविधाप्रति क्षमायाचनासमेत गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ई–पासपोर्ट छपाई अनियमितता, महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको धर्ना

काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले विकल्पको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार आयोजित ...

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। पार्टी सचिवालयका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित केन्द्र...

रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट सुरु हुने बताए...

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘आई’ अन्तर्गत मङ्...

पोखरा बसपार्कबाट व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संर...

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेर...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending