सुर्खेत । स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको रोहवरमा सरोकारवाला र बिद्युत् प्राधिकरणबिच ६ बुँदै सहमति भएसँगै आइतबारदेखि काम पुनः सुचारु भएको हो ।
बराहताल गाउँपालिका–५, बड्डीचौरका स्थानीयहरूले विभिन्न मागहरू राख्दै अवरोध गरेका थिए । स्थानीयहरूले गाडेका पोल उखालेर फालिदिएका थिए । विद्युत् पोलका कारण जमिनको प्रभाव मुल्यांङकन कम हुने, मूल्य पनि कम हुने र बिक्री गर्दा पनि समस्या हुने भएकाले स्थानीयले उक्त स्थानबाट विद्युत् लाइन बिस्तार नगर्न आग्रह गरिरहेका थिए ।
स्थानीयको अवरोधका कारण चिसापानी–बाचियाचौर–बड्डीचौर हुँदै वीरेन्द्रनगर आउने उक्त ३३ केभी प्रसारण लाइनको काम रोकिएको थियो । आइतबार सरोकारवालाहरूसँग छलफलले बिद्युत् प्राधिकरणले प्रसारण लाइन क्षेत्रका बस्तीमा कालो तार लगाउने, ३ फेसको लाइन उपलब्ध गराउनेदेखि स्थानीयको कम क्षतिमा बिद्युत् पोल विस्तार गर्ने लगायतका सहमति भएका छन् ।
मुख्यमन्त्री कँडेलले प्रसारण लाइनको विवाद समाधानपछि द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिए । स्थानीय सरोकारवालाहरूको माग सम्बोधनमा आफ्नो पनि खबरदारी रहने उनको भनाइ छ । उक्त ३३ केभिए प्रसारण लाइन केही दिनमा सम्पन्न हुने र वीरेन्द्रनगरसहित यस क्षेत्रमा देखिएको बिद्युत् समस्या केही रूपमा समाधान हुने अपेक्षा गरिएको छ । उता कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनले लोड धान्न नसक्दा वीरेन्द्रनगरमा विद्युत् सेवा अनियमित हुने गरेको छ । उक्त लाइनमा पश्चिमबाट आएको ३३ केभी थपिएपछि अहिलेको समस्या केही रूपमा हल गर्ने बताइएको छ ।
उक्त वडाका वडाध्यक्ष धिमराज जोल्मीले आफूहरू विकास विरोधी नभएको तर नागरिकको ज्यान जोखिममा परेपछि बाध्य भएर प्रसारण लाइनलाई अवरोध गरेको बताए ।
उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य रहेका पूर्वमन्त्री विन्दमान विष्टले पनि विवाद समाधानमा भूमिका खेलेका छन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारी पनि विवादित क्षेत्रमै पुगेर स्थानीयसँग छलफल गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८१ - १८:३९
नवलपरासी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त...
चैत्र ९ गते, २०८१ - १८:३३
काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरुँकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार स...
चैत्र ९ गते, २०८१ - १८:२५
ब्राजिल । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृष...
चैत्र ९ गते, २०८१ - १८:२०
भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् । पानीको ...
चैत्र ९ गते, २०८१ - १८:१६
डाेटी । डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन् । विद्यालयम...
चैत्र ९ गते, २०८१ - १८:१२
वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँ...
चैत्र ९ गते, २०८१ - १८:०७
जापान । दक्षिण कोरिया र चीनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको तीन देशका शीर्ष कूटनीतिज्ञको बैठकमा शनिबार सहमति भएको छ ...
चैत्र ९ गते, २०८१ - १८:००
गाेरखा । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा आज ती युवा मृत फेला ...
चैत्र ९ गते, २०८१ - १७:५७
ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका...
चैत्र ९ गते, २०८१ - १७:५०
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई...
प्रतिकृया लेख्नुहोस्: