काठमाडौं । आयोजक अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।
अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्ड ले ९.४ ओभरमा विकेटको क्षतिबिनै भेट्टायो।
पहिलो विकेटका लागि फिल साल्ट र कप्तान जस बटलरले १ सय १७ रनको अविजित साझेदारी गरे।
कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे।
इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो।
नितिश कुमारले बनाएको ३० रन नै अमेरिकाका लागि सर्वाधिक रह्यो। कोरी एन्डरसनले २९ रन थपे। हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।
अमेरिकालाई कम स्कोरमा रोक्न इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए। स्याम करन र आदिल राशिदले समान २ विकेट लिए। लियम लिभिङस्टोनको नाममा १ विकेट रह्यो।
सुपर ८ मा समूह बीमा रहेको इङ्ल्यान्डले ३ खेलबाट ४ अंक बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
आयोजक अमेरिकाले भने सुपर ८ मा एक जित पनि हात पार्न सकेन। अंक तालिकाको पुछारमा रहँदै विश्वकपबाट बाहिरियो।
आजै अहिले भइरहेको वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।
दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बनाउँदा समान खेलबाट वेस्ट इन्डिजको २ अंक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: