काठमाडौं । आयोजक अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो।
अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्ड ले ९.४ ओभरमा विकेटको क्षतिबिनै भेट्टायो।
पहिलो विकेटका लागि फिल साल्ट र कप्तान जस बटलरले १ सय १७ रनको अविजित साझेदारी गरे।
कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित ८३ रनमा नटआउट रहे। फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे।
इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रन बनाउँदा अलआउट भयो।
नितिश कुमारले बनाएको ३० रन नै अमेरिकाका लागि सर्वाधिक रह्यो। कोरी एन्डरसनले २९ रन थपे। हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।
अमेरिकालाई कम स्कोरमा रोक्न इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए। स्याम करन र आदिल राशिदले समान २ विकेट लिए। लियम लिभिङस्टोनको नाममा १ विकेट रह्यो।
सुपर ८ मा समूह बीमा रहेको इङ्ल्यान्डले ३ खेलबाट ४ अंक बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
आयोजक अमेरिकाले भने सुपर ८ मा एक जित पनि हात पार्न सकेन। अंक तालिकाको पुछारमा रहँदै विश्वकपबाट बाहिरियो।
आजै अहिले भइरहेको वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।
दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बनाउँदा समान खेलबाट वेस्ट इन्डिजको २ अंक छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: