काठमाडौं । "मेरो छोराले हाम्रो इज्जत बढाएकोमा मलाई गर्व छ," यो भनाइ हो- नेपालको राष्ट्रिय क्रिकेट टोलीका एकजना चर्चित खेलाडी सोमपाल कामीकी आमा जुनादेवीको।
सोमपाल कामी नेपाली टोलीका चर्चित खेलाडी हुन् तर उनको बाल्यकाल भारतीय राज्य पञ्जाबको पटियाला जिल्लामा बितेको थियो।
सोमपालले पटियालाबाटै क्रिकेट खेल्न सुरु गरेका थिए। उनले हालै अमेरिकामा भएको पुरुष टी२० क्रिकेट विश्वकपमा नेपाली टोलीको सदस्यका रूपमा सहभागिता जनाए।
यो प्रतियोगितामा नेपाली टोली धेरै अगाडि बढ्न त सकेन तर नेपाली खेलाडीहरूले गरेको राम्रो प्रदर्शनले धेरैको ध्यान खिच्न सफल भयो।
सोमपालले आफ्नो प्राथमिक शिक्षा पटियालाको सरकारी विद्यालयबाट पूरा गरेका थिए र उनले त्यहीबाट क्रिकेट खेल्न थालेका थिए।
उनका आमाबुवा अहिले पनि पटियालामा नै छन्। उनको घर चाहिँ पश्चिम नेपालको गुल्मी जिल्ला हो।
बुवाआमाको खुसी
बीबीसी पञ्जाबीसँग कुरा गर्दै जुनादेवीले छोरालाई क्रिकेटर बनाउन आफूहरूले कडा मेहनत गरेको सुनाइन्। छोराले यतिखेर पाएको सफलताबाट उनी प्रसन्न छिन्।
यद्यपि अहिले पनि उनी पटियालास्थित एक चर्चित परिवारको घरमा काम गर्छिन् अनि आफ्ना पतिसँगै बस्छिन्।

जुनादेवीले भनिन्: "छोरा ठूलो भइसक्यो त्यसैले काम छाड्नुस् भनेर मानिसहरूले भन्छन् तर यो घरका लागि मैले धेरै मेहनत गरेकी छु। यसले हाम्रो भाग्य बदलेको छ यसलाई कसरी छाडेर जानु?"
छोरा अगाडि बढोस् भन्ने सपना साकार पार्न गरिब हुँदाहुँदै पनि आफूहरूले दिनरात मेहनत गरेको उनी बताउँछिन्। जुनादेवीका तीन भाई छोरामध्ये सोमपाल जेठा हुन्।
उनका अनुसार सोमपाल छ महिनाको हुँदा उनीहरू पटियाला गएका थिए। सोमपालले पटियालाकै एउटा सरकारी विद्यालयबाट प्राथमिक शिक्षा प्राप्त गरेका हुन्।
उनले स्कूलले जीवनमै क्रिकेट खेल्न सुरु गरेका थिए। जुनादेवीले बताएअनुसार सोमपाल दिनरात क्रिकेट खेल्थे। स्कूलबाट आएपछि उनी राति एक बजेसम्म सडकमा बलिङ गरिरहेका भेटिन्थे।
उनले आफूले गरिबीका कारण छोराको खेल्ने सपना साकार नहुने अवस्था नहोस् भनेर मानिसहरूका घरमा काम गर्न सुरु गरेकी बताइन्।
जुनादेवीको सपना आफ्नो छोरो ठूलो मान्छे बनोस् भन्ने थियो। पहिले उनको सपना सुनेर मानिसहरू हाँस्ने गर्थे तर अहिले त्यो सत्य साबित भएको छ।
भारतका लागि खेलेका सोमपाल
नेपाली राष्ट्रिय टोलीमा छनोट हुनुअघि सोमपाल कामीले भारतका लागि कैयौँ प्रतिष्ठित प्रतियोगितामा पनि भाग लिएका थिए।

बीबीसी पञ्जाबीसँग कुरा गर्दै सोमपालका पिता रामबहादुरले आफू १२ वर्षको उमेरमा पटियाला आएको बताए।
सुरुमा उनले मानिसहरूका घर र होटलमा सुरक्षा गार्डका रूपमा काम गरेका थिए। त्यसपछि उनले पञ्जाब स्टेट पावर कर्पोरेशनमा जागिर पाए।
सन् १९९५ देखि रामबहादुरले आफ्नो परिवारसहित पटियालामा स्थायी रूपमा बसोबास गर्न सुरु गरे।
सोमपाललाई उनले सेनामा भर्ना गर्न चाहे तापनि सोमपालको रुचि भने क्रिकेटमा थियो। सोमपालले आफ्नो ठाउँ बनाएको र त्यसले आफू खुसी भएको उनी बताउँछन्।
रामबहादुर छोरालाई भेट्न हरेक वर्ष नेपाल आउने गर्छन्। उनी अवकासपछि सधैँका लागि नेपाल फर्किने बताए।
सोमपालको सफलताका लागि रामबहादुर र उनको परिवारले कडा मेहनत गरेका थिए।
उनी भन्छन्: "पैसा नभए पनि ऋण लिएरसमेत सोमपालको खेललाई निरन्तरता दियौँ। अहिले हाम्रो मेहनतले फल दिएको छ।" बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: