Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब

खबरडबली संवाददाता

काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।

५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो।

गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो।

एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदैछन्। त्यही रातबाट एआइजी हुने गरी पोखरेल सिफारिस भएका छन्।

उनी पनि २२ गते रातिबाट अवकाशमा जान्छन्। एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन भने गृहमन्त्री रवि लामिछानेको जोडबल हो।

यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ। त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्‍याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ।

स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्छन्। पोखरेललाई एआइजी बनाउन सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइएको छ।

लोहनी उनै अधिकारी हुन्, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गरेका थिए।

पोखरेल लोहनीका साँढुभाइ हुन्। दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्‍याउनकै लागि मात्रै हो।

प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च छ। अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न चाकडी र मरिहत्ते चल्ने गरेको छ।   

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत् पोखरेल प्रहरी कार्यसम्पादनमा औषत मानिन्छन्।

बढुवा समितिमा सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार अमेरिका जाँदैछन्। आफू अमेरिका जानुअघि उनले पोखरेललाई एआइजी सिफारिसमा सहमति दिएका हुन्।

कुँवर र गृहमन्त्री लामिछानेको सम्बन्ध हार्दिक छैन। कुँवरलाई नै हटाउने योजनामा लामिछाने लागिपरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending