Ntc summer Offer
Khabar Dabali १५ असार २०८१ शुक्रबार | 28th June, 2024 Fri
NIMB

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणिन्द्रको प्रदेश सांसद पद

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फणीन्द्रलाई गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनीको सांसद पद जोगिएको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने क्रममा फ्लोर क्रश गरेको भन्दै माओवादीले उनलाई कारबाही गरेको थियो । फणीन्द्र नेपाल समाजवादी पार्टीका नेता हुन् । नेसपाका नेता फणीन्द्र माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका थिए । फणीन्द्रले संसदीय दलको ह्वीप मान्नुपर्ने माओवादीको जिकिर थियो ।

माओवादीले पार्टीबाट निस्कासन गरेको पत्र प्रदेश सभा सांसद सचिवालमा दर्ता गराएको थियो । सभामुखले उक्त पत्र प्रदेश सभामा वाचन गरेर सुनाएसँग उनी सांसद पद मुक्त भएका थिए । माओवादीले गरेको कारबाहीलाई चूनौती दिँदै सर्वोच्च गएका फणीन्द्रलाई तत्कालका लागि भने राहत मिलेको छ ।

सर्वोच्चले भनेको छ- ‘आवद्ध नभएको राजनीतिक दल नेकपा माओवादी केन्द्रबाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार उल्लिखित संवैधानिक र कानूनी व्यवस्थाको रोहमा प्रत्याभूत गरेको नदेखिएको परिप्रेक्ष्यमा मिति २०८१ । २ । ३२ को गण्डकी प्रदेश सभाको माननीय सभामुखको निर्णय तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भुमिका निर्वाह गर्न नसक्ने भई अपुरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म मिति २०८१ । २ । ३२ को गण्डकी प्रदेश सभाको माननीय सभामुखको निर्णय तथा सूचना कार्यान्वयन नगर्नू, नगराउनू तथा निवेदकलाई गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) को (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसइई नतिजामा बागमती उत्कृष्ट, अरु प्रदेशको नतिजा कस्तो छ ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ ।  चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७....

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताहरु नेपाली कांग्रेस र एमाले र माओवादीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन...

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

काठमाडौँ । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसन बीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो । कल...

काठमाडौँ महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउन...

फतुवा विजयपुर नगरपालिकालाई चेक नकाट्न उच्च अदालतको आदेश

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक का...

कालोपत्र भएपछि सहज बन्दै बेनीका सडक

म्याग्दी। बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन् । ‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, का...

धवलागिरि आइसफल पदमार्ग निर्माणमा तीव्रता

म्याग्दी । सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धवलागिरि हिमालको फेदी नजिकको जङ्गलमा बास बस्छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओ...

एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि  सातै प्रदेशमा छलफल सम्पन्न गरेको छ । राजनी...

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्काएपछि

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ । फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुब...

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

पोखरा । सर्वोच्च अदालतले पद दिलाएको गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेश गर्न दिइएको छैन । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy