Ntc summer Offer
Khabar Dabali १२ आश्विन २०८१ शनिबार | 28th September, 2024 Sat
NIMB

नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन: अर्थमन्त्री पुन

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेता वा मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको दाबी गरेका छन् । 

सोमबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । सांसदहरुले नेता केन्द्रित, मन्त्री केन्द्रित बजेट आएको बताएका थिए । जवाफ दिँदै मन्त्री पुनले भने, ‘तर नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य होइन र सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्न प्रतिबद्ध रहेको कुरा सम्मानित संसद् समक्ष जानकारी गराउन चाहन्छु ।’ सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको उनले बताए । 

मन्त्री पुनले बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानून, बजेट तर्जुमा दीग्दर्शन एवं स्वीकृत प्रणालीअनुरूप छलफल तथा स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको अहम् भूमिका र अधिकार समान छ भन्नेमा सरकार स्पष्ट उल्लेख गरे । 

सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको दोहोर्‍याए । यद्यपि सरकारले बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने, क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्वअन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रममा प्राथमिकतापूर्वक अनिवार्य बजेट प्रस्ताव गर्नुपर्दा कतै क र कतै बढी जस्तो देखिन पुगेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न ९ बुँदे निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार...

झ्याप्ले खोला अपडेट: मृतकको संख्या १४ पुग्यो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ ।  शनिबार बिहान आएको पहिरोले...

बेरुतस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

इजरायल । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्...

न्यूक्यासलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं । म्यानचेस्ट सिटी न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलस...

झ्याप्ले खोला अपडेट: पहिरो खोतल्दा पाँचजनाकाे शव भेटियो

काठमाडाैं । काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा पाँचजनाको शव भेटिएको छ । सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरेको थियो । पहिरो...

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएक...

काभ्रेपलाञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनि...

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन मन्त्री पौडेलकाे निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथ...

सोलुखुम्बुको टाप्टिङ पहिरोमा पुरिएर दुई जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । शनिबारअपरान्ह एक घर पुरिँदा दुई जनाको मृत्यू भएको हो ।  सोलुखुम्बुको सोलुदुधकुण्ड न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy