एजेन्सी । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ ।
मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए ।
सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबालिग रहेको बताए । पेसकोभले यसै महिनाको प्रारम्भमा पश्चिमी लक्ष्यहरूमा सम्भावित आक्रमणका लागि पश्चिमी मुलुकहरूलाई हतियार दिनेबारे राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणीहरूतर्फ सङ्केत गरे । “संयुक्त राज्य अमेरिकाको सहभागिता, प्रत्यक्ष संलग्नताले रुसी नागरिक मारिएका छन्, परिणामबिना हुन सक्तैन”, उनले भने, “के हुन्छ भन्ने समयले बताउने छ ।”
“युरोपमा र त्यसभन्दा माथि वासिङ्टनमा मेरा सहयोगीहरूसँग सोध्नुहोस्, त्यहाँका प्रेस सचिवहरूसँग सोध्नुहोस् कि तिनीहरूको सरकारले किन रुसी बालबालिका मारिरहेका छन्”, उनले भने । विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएको बताएको छ । पछि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वासिङ्टनले ‘यो अत्याचारका लागि किएभ शासनसँगै समान जिम्मेबारी लिन्छ’ र आक्रमण ‘दण्डविहीन हुने छैन’ भनेको छ ।
रुसले आइतबार भएको आक्रमण अमेरिकाले आपूर्ति गरेको एटिएसिएमस मिसाइलले क्लस्टर वारहेडले भरिएको बताएको छ । मस्कोद्वारा स्थापित स्थानीय अधिकारीहरूले मिसाइलले बलौटे सामुद्रिक तट र होटलहरू भएको बन्दरगाह सहरको एक क्षेत्रमा प्रहार गरेको बताएका छन् । आक्रमणमा घाइते भएका २७ बालबालिकासहित ८२ जनालाई अस्पतालमा भर्ती गरिएको छ । तास समाचार एजेन्सीले सोमबार स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको बताएको छ ।
यसै महिना एएफपीलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको एक बैठकमा पुटिनले पश्चिमद्वारा युक्रेनलाई लामो दूरीको हतियार प्रदान गरेकामा आलोचना गरे । “हामीलाई विश्वका ती (पश्चिमी) मुलुकहरूको संवेदनशील संरचनाहरूमा हमला हुने क्षेत्रहरूमा एउटै वर्गको हतियारहरूको आपूर्ति गर्ने अधिकार हामीसँग किन छैन ?”, पुटिनले भने, “अर्थात प्रतिक्रिया समरूप नहुनसक्छ, यसका बारेमा हामी सोच्नेछौँ ।”
पेसकोभले युक्रेनी आक्रमणका लागि लक्षित डाटा पश्चिमी मुलुकहरूले प्रदान गराएको पुटिनको भनाइ उद्धृत गरे । रुसले सन् २०१४ मा क्रिमियामाथि एकपक्षीय कब्जा गरेको थियो । युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले सोमबार भने, “क्रिमिया युक्रेन हो ।” उनले सामाजिक सञ्जालमा भने, “रुसले क्रिमिया प्रायद्वीप छाड्नुपर्छ, त्यहाँ उनीहरूको सेना र सैन्य वस्तुहरूको अस्तित्व समाप्त हुनुपर्छ ।”
युक्रेनी राष्ट्रपतिका वरिष्ठ सहयोगी मिखाइलो पोडोल्याकले पनि क्रिमियालाई वैध लक्ष्य भएको बताए । “सयौँ प्रत्यक्ष लक्ष्यहरूसहित क्रिमिया पनि ठूलो सैन्य शिविर र गोदाम हो, जसलाई रुसले आफ्नै नागरिकहरूसँग लुकाउने प्रयास गरिरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: