Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भारतकाे एक विमानस्थलमा बमको धम्की

खबरडबली संवाददाता

नयाँदिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकको एउटा विमानस्थलमा सोमबार बमको धम्कीको इमेल प्राप्त भएको छ । यसले अधिकारीहरूलाई खोजी अभियान सुरु गर्न प्रेरित गरेको छ ।

प्रहरीका अनुसार बम पत्ता लगाउने तथा डिस्पोजल टोलीसहित स्निफर कुकुरलाई विमानस्थल परिसरमा लगिएको थियो । तर अन्तिम रिपोर्ट नआएसम्म जारी रहेको खोजीका क्रममा शंकास्पद केही पनि फेला परेको छैन । कालाबुर्गी विमानस्थल कर्नाटकको राजधानी बेङ्गलुरुबाट लगभग छ सय १७ किमी उत्तरमा छ । 

एक वरिष्ठ प्रहरी अधिकारीले सञ्चारमाध्यमलाई भने, “विमानस्थल निर्देशकलाई एक अज्ञात प्रेषकबाट एउटा इमेल प्राप्त भयो, जसमा विमानस्थल परिसरभित्र बम राखिएको दाबी गरिएको थियो । उनले मेल प्रेषकले शक्तिशाली बम प्रयोग गरेर पूरै विमानस्थल विस्फोट गर्ने धम्की दिएको बताए । 

गत हप्ता भारतका ४१ विमानस्थल र मुम्बई सहरका ५० भन्दा बढी अस्पतालले बम भएको चेतावनी इमेल प्राप्त गरेका थिए । तर पछि ती सबै होक्स (फेक) कल भएको पाइएको छ ।

विमानस्थलहरूमा बढ्दो होक्स बम धम्कीको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन सुरक्षा निकाय ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटीले यस्ता धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको छ । 

विगत दुई महिनामा राष्ट्रिय राजधानी क्षेत्र दिल्लीलगायत देशभरका विद्यालय, विमानस्थल र अस्पतालहरूमा होक्स (फेक) बम धम्कीहरूको शृङ्खला पठाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending