Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

३३ सय केजी सुन तस्करी, कसको देखियो कनेक्सन ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिए । 

यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

तस्करीको सुन गलाउने र विभिन्न आकारमा बनाई ओसारपसार गर्ने मुख्य योजनाकार भारत गुजरातका बैजनाथ महादत्त गोयललाई गत वैशाख २१ गते पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।

सिआइबीले हालसम्म गरेको अनुसन्धानमा बरामद भएको सुनबाहेक यही समूह र कम्पनीमार्फत आयात गरी सुन निकालेको अवस्थामा बरामद गरेको ‘ब्रेक सु’ का खाली डिब्बा, विद्युतीय सिगरेट (भेप) को ब्याट्रीभित्र लुकाएर ल्याएको तस्करीको सुनलगायत पानी तान्ने पम्प, स्मार्ट घडी, बिजुलीबाट चल्ने दारी काट्ने मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै झन्डै तीन हजार तीन सय केजी सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको छ । 

दोस्रो चरणको अनुसन्धानमा भारतीय नागरिकहरू बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेशवैट, पर्सा वीरगन्ज–११ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायक–५ का राजु खत्री, मध्यपुर–१५ का सुशील जाकिबन्जा, काभ्रेपलाञ्चोक तेमाल–४ का कान्छा लामा, नमोबुद्ध–१० का भीमप्रसाद तिमल्सिना, भुम्लु–१ का रूपक भण्डारी, काठमाडौँ–७ का प्रज्वल आचार्य, काठमाडौँ सुविधानगरका सुरजशमशेर जबरा, बाफलका कश्यप मानन्धर, गुल्मी सत्यवती–१ का लालबहादुर कुँवर, बारा जितपुर–१९ का अरुणकुमार यादव, तिब्बतीयन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङ पक्राउ परेका हुन् । 

पक्राउ परेका थप २० जनाविरुद्ध तयार अनुसन्धान प्रतिवेदन यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापन गर्न योजनाबद्ध रूपमा काम गरेका रहेका छन् । 

कसको भूमिका के ?

सिआइबीका वैशाख २१ गते पक्राउ गरेको बैजनाथ महादत्त गोयलले ब्रेक सु, भेपलगायत विभिन्न माध्यमबाट तस्करीका रूपमा नेपाल भित्रिएको सुनलाई गलाउने र विभिन्न आकारमा तयार गर्ने गरेको खुलेको छ । सुरेन्द्रमान श्रेष्ठले तस्करीको सुन नेपाल–भारत सीमा कटाउने, प्रशान्त गणेश वजवलकरले तस्करीको सुन विभिन्न पसलमा पु¥याएर बिक्री गर्ने गरेको खुलेको छ । 

अशोक गायववाड र धीरज दिनेश वैटेले तस्करीको सुनको भुक्तानी लेनदेन गरेको पाइएको छ । पक्राउ परेका कान्छा लामाले सुनको भरियाका रूपमा एक तस्करबाट अर्कोसम्म पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । 

तस्करी र हुन्डीको सारथि ‘पेवेल’

६० केजी सुन तस्करी प्रकरणमा सिआइबीले गरेको दोस्रो चरणको अनुसन्धानमा तस्करीको रकम बैङ्किङ भुक्तानी ‘पेवेल’ ‘सजिलो पे’ मार्फत हुने गरेको खुलेको छ । पक्राउ परेका पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जा र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र प्रमुख कार्यकारी कश्यप मानन्धरमार्फत एक खर्ब आठ अर्ब रुपियाँ बराबरको आर्थिक कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी रकम सुन तस्करीमा प्रयोग भएको खुलेको छ । 

पेवेल र सजिलो पेमार्फत अस्ट्रेलिया, युरोप र अमेरिकाबाट पठाएको विदेशी मुद्रा नेपाल आउनुपर्नेमा सो रकम हुन्डीका रूपमा प्रयोग गरी जम्मा भएको रकम तस्करीका लागि सुन खरिद गर्न ‘युएसडिटी’ मार्फत सिधै हङ्कङमा भुक्तानी गर्ने र सुन तस्करीबापत नेपालमा जम्मा हुने रकम सजिलो पे तथा पेवेलका प्राप्तकर्तासम्म पु¥याउने गरेको खुलेको छ ।  

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, सङ्गठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एकसाथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय मागदाबी गर्ने तयारी भइरहेको सिआइबीले जनाएको छ ।  यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending