Ntc summer Offer
Khabar Dabali ३ असार २०८२ मंगलवार | 17th June, 2025 Tue
Investment bank

मुख्य सचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अन्तःशुल्क स्टिकर छपाइ प्रकरण के हो ?

खबरडबली संवाददाता

काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध एक भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै उनी स्वत: पदबाट निलम्बित भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर आइतवार अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो। अर्याल गतवर्षको जेठमा मुख्यसचिव नियुक्त भएका थिए।

अख्तियारले आफ्नो विज्ञप्तिमा सञ्चार मन्त्रालयका सचिवका हैसियतमा अर्याल सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहँदा 'सो समितिलाई तोकिएको कुनै पनि काम कर्तव्य कानुनी रूपमा पालना नगरेको' जनाएको छ।

यस प्रकरणमा अन्य केही बहालवाला सरकारी अधिकारी, परामर्शदाता एवं कम्पनीसहित ११ जनालाई मुद्दा चलाइएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उनीहरूसँग एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको छ।

भ्रस्टाचार निवारण ऐन, २०५९ अनुसार कुनै पनि राष्ट्र सेवकविरुद्ध 'मुद्दा दर्ता भएमा त्यसको किनारा नभएसम्म स्वत: निलम्बनमा रहने' उल्लेख छ।

अन्य प्रतिवादी को-को छन्?

विशेष अदालतमा मुद्दा दायर गरिनेमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रहेका रितेशकुमार शाक्य समेत छन्।

उनी हाल अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख (सहसचिव)का रूपमा छन्। त्यसैगरी मुद्दा दायर गरिएकामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल समेत छन्।

उक्त केन्द्रकै तत्कालीन शाखा अधिकृत हरिवल्लभ घिमिरे, तत्कालीन लेखा अधिकृत विष्णुप्रसाद गौतम र तत्कालीन खरिद विज्ञ शक्ति प्रसाद श्रेष्ठ समेत प्रतिवादीका रूपमा छन्।

अन्य प्रतिवादीमा आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार विभागको उपमहानिर्देशकमा कार्यरत टंक प्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही एवं तत्कालीन शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ समेत प्रतिवादीका रूपमा छन्। त्यसैगरी प्रिन्ट सेल प्रालि ललितपुर र त्यसका निर्देशक एवं सञ्चालक केशव शर्माविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ।

यो प्रकरण के हो ?

अख्तियारले मुद्दा दर्ता गर्दा प्रतिवादीहरूले 'सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको' आरोप लगाइएको छ।

जसमा सुरक्षण मुद्रण केन्द्रले अन्त:शुल्क स्टिकर छपाइमा अनियमितता गरेको सम्बन्धी उजुरीमा अनुसन्धान हुँदा प्रतिवादी बनाइएकाहरूको ‘मिलेमतोमा’ आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको बजेट, स्वीकृत खरिद गुरुयोजना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव (प्रथम पक्ष) र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (दोस्रो पक्ष)बिच भएको कार्य सम्पादन सम्झौता विपरीत अन्त: शुल्क स्टिकरको खरिद कार्य अगाडि बढाइएको आरोप लगाइएको छ।

त्यसो गर्दा कानुनबमोजिम कार्यक्रम संशोधन गरी कार्य अगाडि बढाउनुपर्नेमा सो समेत नगरी अति संवेदनशील र राष्ट्रको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने अन्त: शुल्क स्टिकरको खरिद कार्य निजी कम्पनीमार्फत छपाई गरी प्राप्त गर्ने सम्झौता गरी अगाडि बढाइएको उल्लेख छ।

आयोगका अनुसार विनियोजित बजेटबाट सुरक्षण मुद्रण केन्द्रले जनशक्तिलाई तालिम प्रदान गरी छपाइका लागि आवश्यक पर्ने कागज तथा टोनर/मसी खरिद गरी केन्द्रमा भएको मेसिनबाट आफैले अन्त:शुल्क स्टिकर छाप्नुपर्नेमा त्यसो नगरेको उल्लेख छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिश्रलाई ६० दिन नै हिरासतमा राख्ने सरकारको रणनीति, आपराधिक उपद्रवको मुद्दा पनि चलाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले ६० दिन नै हिरासतमा राख्ने रणनीति लिएको छ । मिश्रविरुद्ध सातौँपटक ...

भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल

काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावको सन्दर्भमा अमेरिकाले दुवै देशलाई आ(आफूमाथि आक्रमण बन्द गर्न आग्रह गरेको छ।  अमेरिकी विदेश मन्त्रालयकी प्र...

सरकारले भन्यो- आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

काठमाडौँ । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेप...

मेयरलाई विद्यार्थीको प्रश्न- हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छ...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्क...

आज दिउँसो देशका यी स्थानमा पर्दैछ पानी

काठमाडौँ  । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको ...

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

म्याग्दी । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हि...

लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक ...

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन

काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली का...

कालीमाटीमा काउलीको मूल्य किलोमै २० रुपैयाँ बढ्यो, गोलभेँडा पनि महँगियो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending