Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसी चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । रुसले बढ्दो तनावबीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू सामेल थिए । मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ । उक्त घटनामा बालबालिकासहित धेरै घाइते भएको अल जजिराले जनाएको छ ।

रुसी विदेश मन्त्रालयले सोमबार अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर उक्त घटनालाई वासिङ्टनले भड्काएको ‘प्रोक्सी वार’ भन्दै निन्दा गरेको छ र जवाफमा जवाफी कारबाही गर्ने वाचा गरेको छ । फेब्रुअरी २०२२  मा रुसले युक्रेनमा आक्रमण गरेदेखि मस्कोले द्वन्द्वलाई पश्चिमी समर्थित युद्धको रूपमा लिएको छ । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई सम्बोधन गर्दै अमेरिकाले युक्रेनको सार्वभौमसत्ताको रक्षा गर्न हतियार आपूर्ति गरेको बताए ।

क्रेमलिनले युक्रेनलाई रुसी क्षेत्रभित्रका लक्ष्यहरू विरुद्ध आपूर्ति गरिएका हतियारहरू तैनाथ गर्न अनुमति दिने अमेरिकी निर्णयको कडा आलोचना गर्नुका साथै सम्भावित प्रतिक्रियाको चेतावनी दिएको छ । मस्कोले अमेरिकी विशेषज्ञहरूले अमेरिकी जासुसी उपग्रहहरूबाट प्राप्त डाटा प्रयोग गरेर क्षेप्यास्त्र आक्रमणमा समन्वय गरेको आरोप लगाएको छ । ‘वासिङ्टनको यस्तो कार्यहरू प्रतिक्रिया बिना छोडिनेछैन’, रुसको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्तिमा भनेको छ ।

रुसी अधिकारीहरूले युक्रेन द्वन्द्व खतरनाक चरणमा प्रवेश गरेको बताएका छन् ।  सन् २०१४ मा रुसले कब्जा गरेको, तर अन्तर्राष्ट्रिय रूपमा युक्रेनी क्षेत्रको रूपमा मान्यता प्राप्त क्रिमियामा घातक द्वन्द्वमा उल्लेखनीय वृद्धि भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: