Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

खबरडबली संवाददाता

नेपालगञ्ज । मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन् ।

यस वर्ष पर्वको अघिल्लो दिनदेखि वर्षा भइरहेकाले अघिल्ला वर्षको जस्तै सडकसहित खुला स्थानमा घुइँचो नभए पनि मस्जिदमा मुश्लिम धर्मावलम्बीको घुइँचो लागेको थियो । इदगाहको भित्रपट्टीको खुला स्थानमा केहीले छाता ओढेर र केहीले पानीमा भिजेर नमाज पाठ गरेका थिए ।

अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउने चलन छ । यस अवसरमा नमाज पढेपछि खुसी साटासाट गर्दै बाँके क्षेत्र नं २ का प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहम्मद इस्तियाक राईले एक महिनाको व्रतपछि आज पर्व मनाइएको बताए ।

उनले पर्वको अवसरमा सबैलाई शुभकामना दिँदै इदले विश्व शान्तिको कामना गर्न सकोस् भन्ने कामना गरे । उनले अल्लाहसँग प्रार्थना गरेर मुलुक र आमनागरिकको सुख र समृद्धिको कामना गरेको भन्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना प्रदान गरे ।

नेपालगञ्ज–१७ परस्पर निवासी निजामुद्दिन इद्रिसीले एक महिनाको रोजा बस्नु भनेको प्रत्येक मुश्लिम समुदायको कर्तव्य र धर्म हुने उल्लेख गर्दै इद शान्तिको पैगाम भएको बताए । उनले विश्व शान्तिका लागि प्रार्थना गरिएको भन्दै मुश्लिम समुदायका लागि विश्वमा कुरान, अजान एकमात्र धर्मग्रन्थ रहेको उल्लेख गरे ।

मुश्लिम समुदायमा विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मिष्ठान्न भोजन गराउने प्रचलन समेत रहेको छ ।

खुसीपूर्वक दानगरी दु:खी तथा गरिबलाई बाँडिने भएकाले यसपर्वलाई इद उल फित्र भनिएको हो । यसबाहेक नेपालगञ्जका अन्य मस्जिद तथा इदगाहमा पनि विशेष नमाज पाठ गरिएको थियो । एक महिनादेखि मुस्लिम समुदायको लामो व्रत ९रोजा० सुरु भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending