काठमाडौं । देशभरिका ७ सय ५३ स्थानीय तहमध्ये ५० पालिकाले निर्धारित समयमा बजेट ल्याउन असफल भएका छन् ।
२ सय ९३ नगरमध्ये जनकपुर र धरान उपमहानगरपालिका सहित १९ नगरपालिकाले बजेट नल्याएको नेपाल नगरपालिका संघले जनाएको छ । २ सय ७५ नगरले १० असारमै बजेट ल्याएका हुन् ।
कोसी प्रदेशका ४८ नगरपालिकामध्ये ४६ नगरले बजेट ल्याएका छन् । यस्तै मधेस प्रदेशका ७६ नगरपालिकामध्ये ६५ ले बजेट प्रस्तुत गरेका छन् । बागमती प्रदेशका ४५ नगरपालिकामध्ये ४३ ले बजेट समयमै ल्याएका छन् । गण्डकीका सबै २७ नगर, लुम्बनीको सबै ३६ नगर, कर्णालीका २५ नगरमध्ये २४ र सुदूरपश्चिमका सबै ३४ नगरपालिकाले समयमै बजेट ल्याएका छन् ।
यसैगरी राष्ट्रिय गाउँपालिका महासंंघका अनुसार ९३ प्रतिशत गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।
महासंघका अनुसार १० असारमा ४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ ले बजेट प्रस्तुत गरेका हुन् । बाँकी ३० गाउँपालिकामा गाउँसभा अधिवेशन सुरु हुन नसकेको र एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।
कोसी प्रदेशमा रहेका ८८ गाउँपालिकामध्ये तीनले बजेट पेस नगरेको महासंघले जनाएको छ । यस्तै मधेशका ५९ गाउँपालिकामध्ये १०, बागमतीका ७४ गाउँपालिकामध्ये पाँचले १० असारमै बजेट पेस नगरेका हुन् । गण्डकीका ५८ गाउँपालिका सबैले पेस गरेका छन् । यस्तै लुम्बिनीका ७३ गाउँपालिकामध्ये ८ ले बजेट नल्याएका हुन् । कर्णालीका ५४ मध्ये ४ ले बजेट ल्याएनन् भने सुदूरपश्चिमका सबै ५४ गाउँपालिकाले बजेट ल्याएका हुन् ।
नेपाल नगरपालिका संघ कार्यकारी निर्देशक कलानिधि देवकोटा र गाउँपालिका राष्ट्रिय महासंघ कार्यकारी अधिकृत राजेन्द्र प्याकुरेलका अनुसार समयमै बजेट ल्याउन नसक्नुमा स्थानीय तहका प्रमुख अल्पमतमा पर्नु, प्रमुख प्रशासकीय अधिकृत नहुनु, मेयर, उपमेयरको द्वन्द्व र केही स्थानीय तहका प्रमुख घाइते र बिरामीका कारण पनि १० असारमै बजेट नआएका हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८२ - २०:५३
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् । शनिबार सचिवालयमार्फत भिडियो सार्व...
जेष्ठ ११ गते, २०८२ - २०:४४
इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गु...
जेष्ठ ११ गते, २०८२ - २०:३५
काठमाडौं । डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपा...
जेष्ठ ११ गते, २०८२ - २०:२६
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहे...
जेष्ठ ११ गते, २०८२ - १९:४४
उदयपुर । त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजार क्ष...
जेष्ठ ११ गते, २०८२ - १९:४०
पर्सा । वीरगन्ज महानगरपालिका १७, अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपाल...
जेष्ठ ११ गते, २०८२ - १९:३६
काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभु...
जेष्ठ ११ गते, २०८२ - १९:३१
५८९ जनाकाे मृत्यु, दैनिक २७ वटा विपतका घटना घट्दै
जेष्ठ ११ गते, २०८२ - १९:२२
काठमाडौं । यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ ...
जेष्ठ ११ गते, २०८२ - १९:१८
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गर...
प्रतिकृया लेख्नुहोस्: