Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पहिराेमा परी गण्डकी प्रदेशमा सात जनाको मृत्यु

खबरडबली संवाददाता

पोखरा । पहिराेमा परी गण्डकी प्रदेशमा सात जनाको मृत्यु भएकाे छ । पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको हाे । 

मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको हो । रानाभाटसँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते भएकी छिन् । त्यस्तै, पोखरा-७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ भने उनकी आमा रितु सुनार घाइते भएकी छिन् । उनकाे गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ । 

त्यसैगरी लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराेले तीन घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । पहिराेमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए । 

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका छन् । लमजुङकै दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपागाईंका अनुसार १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । दुवै जनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा विकलको उपचारकाे क्रममा मृत्यु भएको हो । 

यसैगरी लमजुङ राइनास–९ का ३८ वर्षीय रामचन्द्र अधिकारी र तीनपिप्लेका ७१ वर्षीय चन्द्रमान श्रेष्ठ चट्याङ लागेर घाइते भएका छन् । उनिहरुकाे पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले घाइतेहरुको तत्काल उद्धार गरी उपचार भइरहेको र मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल २५ हजार नगदसहित अन्य उद्धार सामग्रीको व्यवस्था गरिएको जानकारी दिइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending