बाँके । बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-२ स्थित जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, कृष्ण प्रणामी धार्मिक वन उपभोक्ता समूह, राप्तीसोनारी-८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूह, नरैनापुरको बावाबर्फानी धार्मिक वन उपभोक्ता समूहलगायत आठ वन समूहले लघु उद्यममार्फत आयआर्जन गरेका हुन् ।
सब डिभिजन वन कार्यालयका अधिकृत सुशील सुवेदीले भने, “आयआर्जनका लागि सामुदायिक वनमा उल्लेख्य नयाँ नयाँ अभ्यास भएका छन्,” वन उपभोक्ता समूहका उपभोक्ताले मेन्था खेती गरेर प्रशोधन गरी सुगन्धित तेलको बेचबिखन गरेर आम्दानी गरेको वन अधिकृत सुवेदीले बताए । उनले मेन्थाको खेतीबाट वन्यजन्तुले बाली खाने समस्याकोसमेत समाधान भएको उल्लेख गर्दै उपभोक्ताले दोहोरो फाइदा लिएको बताए ।
जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले वि.सं.२०६८ देखि सुरु गरेको लघु उद्यममा सुरुमा पाँच लाख लगानी गरेको थियो । अहिले ६० घरपरिवार सो उद्यमबाट लाभान्वित भएको बताइएको छ । जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले सामुदायिक वन उपभोक्ता समूहले लघु उद्यम गरेर आयआर्जनमा सघाउ पुगेको बताए ।
“हाम्रो उद्देश्य नाफा कमाउने होइन तर आयआर्जनमा टेवा पुगेको छ,” उनले भने । अध्यक्ष बुढाथोकीले अहिले १० कट्ठा जग्गा लिजमा लिएर मेन्था खेती गरिएको उल्लेख गर्दै अधिकांश उपभोक्ताको जग्गा नै नभएको गुनासो गर्नुभयो । उनले भने, “हामीलाई अझै सिँचाइको समस्या छ, त्यसको सम्बोधन भए अझै राम्रो गर्न सकिन्छ ।”
यसबाहेक दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले स्याउला तथा सोत्तरको भरनी कम्पोष्ट मल तयार गरेर बेचबिखन गरेको छ । भगवती सामुदायिक वन उपभोक्ता समूहले जडीबुटी प्रशोधन गरेर त्यसको तेल बेच्ने गरेको छ । बाबा बर्फानी धार्मिक वनले नरैनापुरमा मेसिनमार्फत दुना र टपरीको उत्पादन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...
पौष १२ गते, २०८२ - १८:१३
हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...
पौष १२ गते, २०८२ - १८:१०
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...
पौष १२ गते, २०८२ - १८:०७
झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...
पौष १२ गते, २०८२ - १८:०५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...
पौष १२ गते, २०८२ - १८:०३
हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...




प्रतिकृया लेख्नुहोस्: