बाँके । बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-२ स्थित जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, कृष्ण प्रणामी धार्मिक वन उपभोक्ता समूह, राप्तीसोनारी-८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूह, नरैनापुरको बावाबर्फानी धार्मिक वन उपभोक्ता समूहलगायत आठ वन समूहले लघु उद्यममार्फत आयआर्जन गरेका हुन् ।
सब डिभिजन वन कार्यालयका अधिकृत सुशील सुवेदीले भने, “आयआर्जनका लागि सामुदायिक वनमा उल्लेख्य नयाँ नयाँ अभ्यास भएका छन्,” वन उपभोक्ता समूहका उपभोक्ताले मेन्था खेती गरेर प्रशोधन गरी सुगन्धित तेलको बेचबिखन गरेर आम्दानी गरेको वन अधिकृत सुवेदीले बताए । उनले मेन्थाको खेतीबाट वन्यजन्तुले बाली खाने समस्याकोसमेत समाधान भएको उल्लेख गर्दै उपभोक्ताले दोहोरो फाइदा लिएको बताए ।
जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले वि.सं.२०६८ देखि सुरु गरेको लघु उद्यममा सुरुमा पाँच लाख लगानी गरेको थियो । अहिले ६० घरपरिवार सो उद्यमबाट लाभान्वित भएको बताइएको छ । जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले सामुदायिक वन उपभोक्ता समूहले लघु उद्यम गरेर आयआर्जनमा सघाउ पुगेको बताए ।
“हाम्रो उद्देश्य नाफा कमाउने होइन तर आयआर्जनमा टेवा पुगेको छ,” उनले भने । अध्यक्ष बुढाथोकीले अहिले १० कट्ठा जग्गा लिजमा लिएर मेन्था खेती गरिएको उल्लेख गर्दै अधिकांश उपभोक्ताको जग्गा नै नभएको गुनासो गर्नुभयो । उनले भने, “हामीलाई अझै सिँचाइको समस्या छ, त्यसको सम्बोधन भए अझै राम्रो गर्न सकिन्छ ।”
यसबाहेक दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले स्याउला तथा सोत्तरको भरनी कम्पोष्ट मल तयार गरेर बेचबिखन गरेको छ । भगवती सामुदायिक वन उपभोक्ता समूहले जडीबुटी प्रशोधन गरेर त्यसको तेल बेच्ने गरेको छ । बाबा बर्फानी धार्मिक वनले नरैनापुरमा मेसिनमार्फत दुना र टपरीको उत्पादन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: