Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता

खबरडबली संवाददाता

काठमाडौं । भारतको लोकसभाले १० बर्षपछि प्रतिपक्षी दलको नेता पाएको छ । भारतीय नेशनल कांग्रेसले मंगलबार राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेता बनाउने घोषणा गरेको थियो । 

राहुल सन् २००४ मा चुनावी राजनीतिमा प्रवेश गरेका राहुल अब संसदमा विपक्षी दलको नेताको भूमिकामा हुने भएका छन् । राहुलले विपक्षी नेताको पद ग्रहण गरेका छन् र बुधबार लोकसभामा पनि उनले आफ्नो धारणा राखेका छन् । कांग्रेस सभापति मल्लिकार्जुन खर्गेको निवासमा मंगलबार बसेको भारत गठबन्धनका सबै नेताको बैठकपछि कांग्रेसले विपक्षी दलको नेता घोषणा गरेको थियो । योसँगै लोकसभाले १० वर्षपछि विपक्षी दलको नेता पाएको छ । 

बुधबार, राहुल गान्धीले लोकसभामा विपक्षी नेताको रूपमा पहिलो पटक बोलेका थिए । ओम बिरलालाई लोकसभाको सभामुख पुन: निर्वाचित भएकोमा बधाई दिँदै उनले भने, ‘सरकारसँग राजनीतिक शक्ति स्पष्ट छ तर प्रतिपक्षले पनि भारतका जनताको आवाजको प्रतिनिधित्व गरिरहेको छ । यस पटक विपक्षीले भारतका जनताको आवाजलाई अझ सशक्त ढंगले प्रतिनिधित्व गरिरहेको छ ।'

उनले अगाडी भने- 'संसद चलाउन प्रतिपक्षले सहयोग गर्छ, विश्वासमा सहकार्य हुनुपर्छ, संसदमा प्रतिपक्षको आवाज सुन्नु धेरै जरुरी छ । प्रतिपक्षको आवाज आओस् भन्ने पूर्ण आशा छ । संवैधानिक अधिकारको रक्षा गर्ने जिम्मेवारी सभामुखको हो ।'

पछिल्ला दुई निर्वाचनमा कांग्रेसले संसदमा १० प्रतिशत (५४ सिट) सिट पनि जित सकेको थिएन । यस्तो अवस्थामा कांग्रेसले संसदमा विपक्षी दलको नेताका रूपमा आफ्नो दाबी पेश गर्न सकेन । २०१४ मा कांग्रेसको ४४ सीट थियो र २०१९ मा ५२ सीट थियो । तर यसपटक कांग्रेसले ९९ सिट जितेको छ ।

राहुल गान्धी विपक्षी नेता बन्ने कुरा पहिल्यै अनुमान गरिएको थियो । जुन ४ मा चुनावी नतिजा आएपछि नै उनी दलको नेता हुने अनुमान गरिएको थियो । राहुल गान्धीले पहिलो पटक संसदमा संवैधानिक पद ग्रहण गरेका छन् । उनले कुनै पनि संबैधानिक पद लिएको यो पहिलो पटक हो । यस पटक, प्रियंका गान्धीले वन्याद सिटबाट उपनिर्वाचन लड्ने भएकाले लोकसभामा उनीसँगै हुने सम्भावना छ । राहुल गान्धीले केरलाको वायनाडबाट पनि चुनाव जितेका थिए तर उनले रायबरेलीबाट सांसद रहन रोजेका थिए । 

संसदमा प्रतिपक्षी दलको नेताको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरू संसदमा रहेका सबै विपक्षी दलहरूको आवाज मात्रै होइनन्, उनीहरूका आफ्नै शक्ति र विशेषाधिकार पनि छन् । प्रतिपक्षी दलको नेता सार्वजनिक लेखा समिति, सार्वजनिक उपक्रम र अनुमान समिति जस्ता धेरै प्रमुख समितिहरूको भाग हुन्छ । प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका संयुक्त संसदीय समिति र छनोट समितिको हुन्छ । 

यी चयन समितिहरूले प्रवर्तन निदेशालय (इडी), केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई), केन्द्रीय सतर्कता आयोग, केन्द्रीय सूचना आयोग, लोकपाल, साथै निर्वाचन आयुक्त र राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) का अध्यक्ष जस्ता महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्छन् । 

विपक्षी दलको नेता भनेको मन्त्रिपरिषद्को पद हो, जसको आफ्नै सुविधा हुन्छ । यो पदमा बस्ने व्यक्तिलाई संसद सदस्य ऐन, १९५४ को दफा ३ मा उल्लेखित तलब र दैनिक भत्ता दिइन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE