Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

माओवादीले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान चलाउने

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरी ६ महिने अभियान चलाउने भएको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले जनताका चाहना र आवश्यकता बुझ्न ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

देश गहिरो संकटमा पर्न लागेकाले अग्रगामी विचारसहित जनतालाई सुसूचित गर्ने र रुपान्तरणको महान् प्रक्रियामा जाने गरी अभियान सञ्चालन गर्ने निर्णय भएको सापकोटाको भनाइ छ । ‘अब हामीले रूपान्तरण भएर जनताको बिचमा जानुपर्छ भनेर आज हाम्रो पार्टीका अध्यक्षले दुईवटा अभियान चलाउनुपर्छ भन्नुभएको छ । एउटा मदन भण्डारी लोकमार्गलाई आधारित गरेर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित बनाएर ६ महिना जनतामा  जानुपर्छ । जनताले के चाहेका छन्, के खोजेका छन्, जनता के विचार गर्दै छन्, यी समग्र कुराको अध्ययन गरी जनताबाट सिक्ने र सिकाउने गरी रूपान्तरणको एउटा महान् प्रक्रियामा जानुपर्छ भन्ने छ,’ बैठकपछि सापकोटाले भने ।

आजको स्थायी कमिटी बैठकले पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा पनि तय गरेको छ । प्रवक्ता सापकोटाका अनुसार केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेपछि सबै प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्ने छन् । त्यसैगरी, ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेस गर्ने, संगठनात्मक प्रस्तावलगायतका विषयमा आगामी कार्ययोजना प्रस्तुत हुने सापकोटाले जानकारी दिए ।

बैठकले अन्तर्राष्ट्रिय परिस्थिति द्वन्द्वग्रस्त भइरहेको परिस्थितिमा राष्ट्रिय एकताको खाँचो परेको औँल्याएको छ । साथै, सत्तारूढ गठबन्धनले संविधान संशोधनको विषय उठाइरहेको सन्दर्भमा माओवादीले अग्रगमन र जनताका अधिकारलाई अझ विस्तार गर्न संविधान संशोधन आवश्यक रहेको बताएको छ । 

यद्यपि, संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिएको उल्लेख गर्दै सापकोटाले भने, ‘हाम्राे पार्टीलाई के लागेको छ भने, संविधान जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपर्थ्यो, त्योअनुसार अभ्यास भएको छैन ।’  बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए । 

बैठकले संविधान संशोधनका अन्तर्वस्तु, मुलुकमा देखिएका समस्या र अन्तर्राष्ट्रिय संकटमा दलहरूबीच साझा दृष्टिकोण निर्माणको पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले मुलुकसामू आइलागेको समस्या यथास्थितिमा हल हुन नसक्ने भएकाले राष्ट्रिय दृष्टिकोण आवश्यक परेको बताए । 

‘संविधान संशोधनका लागि अलिकति नयाँ शिराबाट सोच्नुपर्छ । यही यथास्थितिवादी ढंगले राष्ट्रमा देखा परेका समस्याहरू, अन्तर्राष्ट्रियस्तरमा भइरहेका समस्या र चुनौतीहरूको सामना गर्न सकिँदैन,’ सापकोटाले भने, ‘यो चुनौतीको सामना गर्न एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ ।’

उनले राष्ट्रिय दृष्टिकोण निर्माण गर्न संसद्मा भएका र नभएका सबै दलबीच बहसको खाँचो रहेको बताए । ‘देशका सबै पार्टीहरू अझ संसद्मा भएका सबै पार्टीहरूका बीचमा राम्रो, खुला, सीधा, पारदर्शी ढंगले छलफल बहस गरिरहनुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यसका आधारमा एउटा राष्ट्रिय दृष्टिकोण निर्माण गरिनुपर्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending