काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । वैदेशिक रोजगारीका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएको संस्था (पिपुल फोरम) को अध्ययनमा गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै श्रमिक स्वदेशमै ठगिने गरेका छन् ।
सो संस्थाको अध्ययनमा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका ठगी दुई हजार ३०४ मुद्दाको अनुसन्धान गर्दा ७५ प्रतिशत युवा स्वदेशमै रहेका एजेन्टबाट ठगिएको उल्लेख छ ।
सो मुद्दाको अध्ययनकर्ता अधिवक्ता सुदीप देवकोटाले नेपालमा युवा वैदेशिक रोजगारी जान्छु भनेर सोचेदेखि नै ठगिन सुरु हुने गरेको बताए । वैदेशिक रोजगारीमा जाने युवा फोटोकपी गर्ने पसले, ऋण दिने साहु हुँदै स्थानीयदेखि केन्द्रका दलाल, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अनलाइन श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, हवाई टिकटलगायतमा ठगिने गरेको उनको अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार श्रमिक बढी ठगिने गन्तव्य देशमा साउदी अरब रहेको छ । सो अवधिमा ७।२० प्रतिशत युवा साउदीमा ठगिएका छन् भने संयुक्त अरब इमिरेटस् (युएई) मा ५.३८ प्रतिशत युवा ठगिने गरेका छन् । मलेसियामा ५.२८ प्रतिशत, कुवेत चार प्रतिशत, कतारमा दुई प्रतिशत, ओमान ०.६९ प्रतिशत अन्य मुलुकको हिस्सा ०.७३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
बढी ठगी बागमती प्रदेशमा
वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका युवाको अवस्था प्रदेशगत रूपमा अध्ययन गर्दा सबैभन्दा बढी २८.५१ प्रतिशत बागमती प्रदेशका युवा ठगिएका छन् ।
यस्तै मधेश प्रदेशका १८.७० प्रतिशत र कोशी प्रदेशका १८.२७ प्रतिशत ठगीमा परेका छन् । सो अवधिमा लुम्बिनी प्रदेशका १३.७१ प्रतिशत, गण्डकी प्रदेशका ११.४७ प्रतिशत, कर्णाली प्रदेशमा ४.४७ प्रतिशत र सुदूरपश्चिम ५.२९ प्रतिशत रहेको सो अध्ययनमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा संस्थागतभन्दा व्यक्तिगत रूपमा नेपाली श्रमिक बढी ठगिएको पाइएको छ । सो संस्थाको अध्ययनले करिब ७१ प्रतिशत नेपाली श्रमिक व्यक्तिबाट नै ठगिन्छन् भने संस्थागत रूपमा २९ प्रतिशत ठगिएको पाइएको छ ।
नेपालबाट व्यक्तिगत वा संस्थागत गरी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । संस्थागत अर्थात् नेपाल सरकारबाट लाइसेन्स लिएर वैधानिक रूपमा सञ्चालन भएका म्यानपावर कम्पनी हुन् । जसले निश्चित शुल्क लिएर श्रमिक वैदेशिक रोजगारीमा पठाउँछन् । दोस्रो भनेको व्यक्तिगत रूपमा जाने श्रमिक ।
सो संस्थाको अध्ययन अनुसार चालु आवको हालसम्म दुई हजार ३०४ जनालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दा चार करोड ३३ लाख ५२ हजार ७१० रुपियाँ ठगी भएको छ । लामो समय अगाडिदेखि नै वैदेशिक रोजगारीमा समस्या परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: