Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

पचहत्तर प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । वैदेशिक रोजगारीका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएको संस्था (पिपुल फोरम) को अध्ययनमा गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै श्रमिक स्वदेशमै ठगिने गरेका छन् । 

सो संस्थाको अध्ययनमा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका ठगी दुई हजार ३०४ मुद्दाको अनुसन्धान गर्दा ७५ प्रतिशत युवा स्वदेशमै रहेका एजेन्टबाट ठगिएको उल्लेख छ । 

सो मुद्दाको अध्ययनकर्ता अधिवक्ता सुदीप देवकोटाले नेपालमा युवा वैदेशिक रोजगारी जान्छु भनेर सोचेदेखि नै ठगिन सुरु हुने गरेको बताए । वैदेशिक रोजगारीमा जाने युवा फोटोकपी गर्ने पसले, ऋण दिने साहु हुँदै स्थानीयदेखि केन्द्रका दलाल, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अनलाइन श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, हवाई टिकटलगायतमा ठगिने गरेको उनको अध्ययनले देखाएको छ । 

अध्ययन अनुसार श्रमिक बढी ठगिने गन्तव्य देशमा साउदी अरब रहेको छ । सो अवधिमा ७।२० प्रतिशत युवा साउदीमा ठगिएका छन् भने संयुक्त अरब इमिरेटस् (युएई) मा ५.३८ प्रतिशत युवा ठगिने गरेका छन् । मलेसियामा ५.२८ प्रतिशत, कुवेत चार प्रतिशत, कतारमा दुई प्रतिशत, ओमान ०.६९ प्रतिशत अन्य मुलुकको हिस्सा ०.७३ प्रतिशत रहेको अध्ययनले देखाएको छ । 

बढी ठगी बागमती प्रदेशमा

वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका युवाको अवस्था प्रदेशगत रूपमा अध्ययन गर्दा सबैभन्दा बढी २८.५१ प्रतिशत बागमती प्रदेशका युवा ठगिएका छन् । 

यस्तै मधेश प्रदेशका १८.७० प्रतिशत र कोशी प्रदेशका १८.२७ प्रतिशत ठगीमा परेका छन् । सो अवधिमा लुम्बिनी प्रदेशका १३.७१ प्रतिशत, गण्डकी प्रदेशका ११.४७ प्रतिशत, कर्णाली प्रदेशमा ४.४७ प्रतिशत र सुदूरपश्चिम ५.२९ प्रतिशत रहेको सो अध्ययनमा उल्लेख छ । 

वैदेशिक रोजगारीमा संस्थागतभन्दा व्यक्तिगत रूपमा नेपाली श्रमिक बढी ठगिएको पाइएको छ । सो संस्थाको अध्ययनले करिब ७१ प्रतिशत नेपाली श्रमिक व्यक्तिबाट नै ठगिन्छन् भने संस्थागत रूपमा २९ प्रतिशत ठगिएको पाइएको छ ।

नेपालबाट व्यक्तिगत वा संस्थागत गरी नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । संस्थागत अर्थात् नेपाल सरकारबाट लाइसेन्स लिएर वैधानिक रूपमा सञ्चालन भएका म्यानपावर कम्पनी हुन् । जसले निश्चित शुल्क लिएर श्रमिक वैदेशिक रोजगारीमा पठाउँछन् । दोस्रो भनेको व्यक्तिगत रूपमा जाने श्रमिक । 

सो संस्थाको अध्ययन अनुसार चालु आवको हालसम्म दुई हजार ३०४ जनालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दा चार करोड ३३ लाख ५२ हजार ७१० रुपियाँ ठगी भएको छ । लामो समय अगाडिदेखि नै वैदेशिक रोजगारीमा समस्या परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending