Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कालोपत्र भएपछि सहज बन्दै बेनीका सडक

खबरडबली संवाददाता

म्याग्दी। बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन् । ‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,’ उनले भने, ‘विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए । गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदलयात्रा गर्दथ्यौँ ।’

बेनी(पाखापानी सडकको बेनीदेखि अर्थ्रुङ्गे हँदै जम्रेनी सम्मको सडक स्तरोन्नतिपछि भए पैदल हिँड्न छाडेर गाडीमा यात्रा गर्न थालेको सुवेदीले बताए । जम्रेनीका दण्डपानी जस्तै बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको छ । मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ती मिलेका थिएनन् ।

सडक साँघुरा थिए । यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो । त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको लगानीमा सडक ढलान, कालोपत्र, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो ।

सडक यातायातको सुविधाका कारण बेनी नगरपालिको भकिम्लीको राखु, मरेक, बास्कुना, थामडाँडाका किसानले उत्पादन गरेको सुन्तलाले बजार पाएको छ ।

गत याममा सिङ्गाको बास्कुना, सुर्केमेला र थामडाँडाबाट रु एक करोड पाँच लाख र राखु मरेकबाट रु एक करोड ५० लाख मूल्य बराबरको सुन्तला निकासी भएको किसान रहनुभएका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दिप खत्रीले बताए ।

सिङ्गा र बास्कुनाबाट दैनिक पाँच सय लिटरका दरले बेनीमा दूध निकासी हुने गर्छ । सडक स्तरोन्नति हुन थालेपछि यात्राअवधि छोटिएको, आवतजावत गर्न सहज भएको र ग्रामीण क्षेत्रमा सम्भावना, अवसर सिर्जना भएको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका लोकनाथ आचार्यले बताए ।

बेनी नगरपालिकाले यसवर्ष उपल्लो तातोपानी बजारसहित ६ वटा सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत योजना कार्यान्वन गरेको छ । बेनी बजारमा उपभोक्ता समितिमार्फत सडक कालोपत्र भएको छ ।

तीन वटा योजना योजना सम्पन्न भइसकेका र तीन वटा निर्माणको अन्तिम चरणमा रहेको बेनी नगरपालिकाका इञ्जिनीयर सुदिप गौतमले जानकारी दिए ।

यी आयोजनाबाट दुई किलोमिटर भन्दा बढी सडक कालोपत्र र ढलान हुने इञ्जिनीयर गौतमले बताए । उपभोक्ता समितिमार्फत सञ्चालित ६० वटा सडक योजनाका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको थियो । पाँच करोड रुपैयाँ बजेट विनियोजन भएको ६ वटा ठेक्कामार्फत कार्यान्वयन भएका सडक योजनाको निर्माण कम्पनीसँग रु तीन करोड ३६ लाखमा सम्झौता भएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिएको बताए ।

‘राष्ट्रिय राजमार्ग र प्रदेश सरकारले काम गरिरहेको बाहेकका सडकलाई नगरपालिकाले स्तरोन्नतिमा जोड दिएको छ,’ उनले भने, ‘नगरपालिकाको प्राथमिकता प्राप्त बेनी–पाखापानी सडक आयोजना अन्तर्गत बेनीदेखि अर्थुगे  हुँदै जम्रेनीसम्म यसैवर्षभित्र कालोपत्र र ढलान गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’

योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरी प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् ।  ‘नगरपालिकाबाट नियमित अनगुमन गछौँ, हरेक वडमा प्राविधिक जनशक्ति व्यवस्थापन गरेका छौँ,’ उनले भनिन्, ‘उपभोक्ता र निर्माण व्यवसायीमार्फत कार्यान्वयन हुने सबै योजनालाई गुणस्तरीय बनाउने कार्यमा हामी प्रयासरत छौँ।’

साना योजनालाई उपभोक्ता समिति र ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताइन् । नगरपालिकाले रु पाँच लाखभन्दा माथिका योजनालाई नगरपालिकाबाट र अन्य योजनालाई वडाबाटै सम्झौता र कार्यान्वयन गरेको छ ।

बेनी नगरपालिकाको ६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नति गर्ने योजनालाई बेनी नगरपालिकाले प्राथमिकताका साथ निरन्तरता दिएको छ ।

सङ्घीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय बागलुङमार्फत बेनी नगरपालिका-१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको चरणमा छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी(जोमसोम(कोरला सडक आयोजनाले बेनी नगरपालिका ८ कालिपुलको सडक अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न रु एक करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको छ ।

म्याग्दी प्रवेश गर्ने कालीगण्डकी मोटरेबल पुलदेखि पर्वत बगरफाँट जोड्ने बेलिब्रिज सम्मको सडक कालोपत्र गर्न लागिएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने दुई किलोमिटर १०२ मिटर बेनी–गलेश्वर खण्डमा गत पुस महिनामा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको थियो ।

बेनी नगरपालिकामा गण्डकी प्रदेश सरकारमार्फत यस वर्ष दुई वटा ठूला सडक आयोजना कार्यान्वयन थालिएको छ । रु १० करोडको लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपानी र रु पाँच करोड ५९ लाखको लागतमा बेनी–भकिम्ली सडकको बगरफाँट–दूधेखोला–हल्लेगौँडा क्षेत्रमा स्तरोन्नति गर्ने आयोजना सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी १२ वटा योजनालाई रु  चार करोड १० लाख विनियोजन भएको थियो ।

अधिकांश योजना निर्माण सकिएका र केही सम्पन्न हुने चरणमा रहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । नगरपाकिलाका ग्रामीण सडक स्तरोन्नति हुने क्रमसँगै सहज र सर्वसुलभ यातायात सेवाका लागि नगर बस सञ्चालन गर्नुपर्ने नगरवासीको माग छ ।

बेनी नगरपालिका–६ बाँसबोटकी लक्ष्मी पौडेलले ग्रामीण सडकमा चल्ने जीपको तुलनामा सस्तो भाडादर हुने बस सञ्चालन गर्न नगरपालिकाले अगुवाइ र पहल गर्नुपर्ने बताइन्।

नगरक्षेत्रमा अटोरिक्सा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ । यसैगरी स्तरोन्नति भएका सडकमा चल्ने सवारी साधनको भाडादर पनि समायोजन गर्नुपर्ने उनले बताइन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending