Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले जापानको इमोसियन क्रिएसनसँग गर्‍यो सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट र इमोसियन क्रिएसन बीच सम्झौता भएको छ । जापान ओकिनावामा रहेको क्रिएसनसँग कलेजले सम्झौता गरेको हो ।

कलेजका तर्फबाट समिर ढकाल र इमोसियन क्रियसनबाट मासहिरो इसिकावाले सम्झौतामा एकसाथ हस्ताक्षर गरेका थिए । सम्झौताले नेपालबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीलाई रोजगारी प्राप्त गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ मा अवस्थित कलेजमा प्लस टु अध्ययन गरेका र जापानिज भाषाको एनफोर उत्तिर्ण गरेका विद्यार्थीले जापानमा स्वतः रोजगारी पाउने छन् ।

सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्ट प्लस टु,  होटेल म्यानेजमेन्ट, डिप्लोमा इन हस्पिटालिटि र जापानी भाषाको पनि पढाइ हुने गरेको कलेजका प्रमुख समिर ढकालले जानकारी दिए ।

यस कलेजका धेरै विद्यार्थीहरू विदेश तथा स्वदेशका विभिन्न पाँच तारे होटलमा  तथा रिसोर्टमा कार्यरत रहेको ढकालले जानकारी दिए । कलेजमा अध्ययनरत उत्कृस्ट विद्यार्थीका लागि रोजगारको निम्ति कलेजले नै पहल गर्ने गरेको छ,’ उनले भने ।
ढकालका अनुसार विभिन्न मुलुकमा गरेर ५० जना विद्यार्थीहरू आकर्षक तलब तथा सेवासुविधासहित विदेशमा कार्यरत छन् । दुबई, कतार, बहराईन, मलेशिया र कुवेत लगायतका मुलुकमा काम गर्न विद्यार्थी गएका छन् ।

पछिल्लो समय होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै गएकाले वर्षेनी कलेजमा भर्ना हुनेको संख्या बढ्दै गएको ढकालले बताए ।

नेपालमा हाल विभिन्न कलेजले होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ । सिपमूलक शिक्षा भएकाले यस विषयमा विद्यार्थीको आकर्षण बढेको मान्न सकिन्छ ।

साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा होटल व्यवस्थापन विषय पर्ने गरेको छ ।

होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्न सक्ने कलेज सञ्चालक ढकाल बताउँछन् । उनी  भन्छन्,  होटल व्यवस्थापन सिपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्छन्।’

सिन्धुलीमा कलेज खुलेको सात वर्ष भइसकेको छ । सिन्धुलीको रातमाटामा उक्त कलेज रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending