Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न

खबरडबली संवाददाता

जनकपुरधाम । मैथिली भाषामा निर्माण गरिएका फिल्महरुलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ । असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पुर्याउने बताए । ‘मैथिली भाषामा फिल्म निर्माण हुनु गौरवको विषय हो । नवीनतम सोच भएका युवाहरूको उपस्थिती बढेसँगै आउँदो समयमा अन्य भाषा झैँ मैथिली फिल्मले फड्को मार्नेमा विश्वस्त छु । यो महोत्सवले मैथिली फिल्म बनाउन प्रेरित गर्नुका साथै मन्थन गर्ने अवसर दिएको छ’, मुख्यमन्त्री सिंहले भने ।

दुई दिन चलेको महोत्सवमा प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड (काठमाडौँ), चलचित्र विकास बोर्ड (काठमाडौँ) जोडिएको कार्यक्रममा सहभागी अभिनेता तथा निर्देशक् नीर शाहले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तर संस्कृतिका विषय फिल्ममा आउनु पर्ने बताए ।

‘हामी कहाँ कथा कुनै कमि छैन । सांस्कृतिक विविधताले हामीलाई धेरै विषय दिएको छ । त्यसकारण हामीले त्यस्ता विषयसँग जोडिएको कथालाई अगाडि ल्याउन सक्नुपर्छ । त्यसैले हामी अन्तर सांस्कृतिक हुनुपर्छ’, अभिनेता शाहले भने ।

महोत्सवका निर्देशक रमेश रञ्जन झाले फेस्टिभलका कारण मिथिलाञ्चल क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक एउटा प्लेटफर्मको निर्माण भएको बताए । ‘मैथिली भाषाका फिल्म र फिल्मकर्मीलाई आफ्नो काम मुल्यांकन गर्ने र छलफल गर्ने एउटा प्लेटफर्म तयार भएको छ । मैथिली भाषालाई लक्षित गर्दै नेपाल मात्र नभई भारतमा समेत फिल्म फेस्टिभल भएका छैनन् । हामी यो भाषामा काम गरिरहेकालाई प्रोत्साहन गर्न चाहन्छौँ’, निर्देशक झाले भने ।

महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुफिल्मतर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर फिल्मतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ प्रदर्शन गरियो । यस्तै, महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तरक्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पुर्णेन्दु के झाले जानकारी दिए ।

‘पहिलो संस्करण भएकाले हामीले प्रतिस्पर्धा राखेनौं । हामीले अहिले मैथिली भाषामा काम गरिरहेकालाई भेला गर्ने काम गर्यौं । आउँदो दिनमा यसको प्रभाव देखिने नै छ । साथै महोत्सवमा भएका अन्तरक्रियाले फिल्म निर्माण गर्न प्रेरित गरेको छ । मिथिला संस्कृति र भाषालाई संरक्षण गर्न फिल्मले खेल्ने भूमिकाको विषयमा चर्चा भएको छ’, निर्देशक झाले भने । महोत्सवलाई नेपोभिट टायल्सले सघाएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: