काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर श्वारले सीमा विवाद, सार्वजनिक सेवा प्रवाह, प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपालको भूमि अतिक्रमणको विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै उनले लिम्पियाधुरा, कालापानी र सुस्तालगायतका भूभागको विषयमा प्रधानमन्त्रीले ठोस पहल गर्न नसकेको बताए।
प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने गरेको प्रसंग उल्लेख गर्दै सांसद श्वारले चुच्चे नक्सासहितको नेपाली भूभागलाई सय रुपैयाँको नोटमा समेट्ने विषयमा समेत प्रश्न उठाए।
‘आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले अहिले चुच्चे नक्सा मेटाएर १०० को नोटमा छाप्न किन बाध्यकारी अवस्था आयो ?’ उनले प्रश्न गरे।
अनलाइन सेवा भनिए पनि जनताले सास्ती पाए : श्वार
सांसद श्वारले विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमतिपत्र र मालपोत कार्यालयका सेवामा सर्वसाधारणले भोगिरहेको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए।
मालपोतमा सामान्य कामसमेत लामो समयसम्म हुन नसकेको उदाहरण दिँदै उनले आफू स्वयं त्यसको भुक्तभोगी भएको बताए।
‘मालपोतको सानो जग्गा फुकुवा गर्न ६ महिना लाग्दा समेत काम हुँदैन, यसको भुक्तभोगी म आफैँ हुँ,’ उनले भने।
सरकारले अनलाइन सेवा विस्तारको दाबी गरे पनि व्यवहारमा सेवाग्राहीले झन् सास्ती खेप्नुपरेको उनको आरोप थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...
श्रावण २६ गते, २०८३ - १४:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकार संसद् र संवैधानिक प्र...
श्रावण २६ गते, २०८३ - १४:३७
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा बढ्दो बेथिति, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न अपराधमा संलग्न व्यक्तिलाई सार्वजनिक रूपमा...
श्रावण २६ गते, २०८३ - १४:२२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ अभि...
श्रावण २६ गते, २०८३ - १४:००
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति संसद्मा कडा आपत्ति जनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १३:३९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...
श्रावण २६ गते, २०८३ - १२:४९
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले ब...
श्रावण २६ गते, २०८३ - १२:२३
काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...
श्रावण २६ गते, २०८३ - १२:१४
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...



प्रतिकृया लेख्नुहोस्: