रौतहट । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरको भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालय गौरमा धर्ना बसेका आन्दोलनकारी पीडितसँग सहमति भएको छ ।
मौलापुर नगरपालिकाको विभिन्न टोलमा निर्माण भएको आवासहरूको भुक्तानी गर्न कर्मचारीहरूले जालझेल गर्दै आएपछि प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम दलित मोर्चाको अगुवाइमा सरोकारवालाले पूर्वाधार कार्यालय गौरमा चार दिनअघि तालाबन्दी गरेर धर्नामा बसेका थिए ।
मोर्चाको अगुवाइमा धर्नामा बसेका पीडितहरू र मधेश सरकारका मन्त्री सरोज यादवको उपस्थितिमा सहमति भएको हो । सहमति अनुसार पूर्वाधार कार्यालय गौरबाट अनुगमन निरीक्षण गरी प्रतिवेदन तयार पारेर आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भुक्तानी गर्ने, मौलापुर नगरपालिका अन्तर्गत पर्ने भकुवा पुलको अधुरो कार्यलाई जिल्ला समन्वय समिति रौतहटमार्फत् यथाशीघ्र कागजातहरू पेश गराई पुल निर्माणको काम पूरा गर्नुपर्ने सहमति भएको मोर्चाका अध्यक्ष ठागा दाशले बताएका छन् ।
उल्लेखित मागहरू सम्बोधन भएपछि गठित संघर्ष समितिले आफ्ना सबै आन्दोलन आजैदेखि फिर्ता लिएको छ । बैठकमा मन्त्री यादवका साथै एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह, भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख, मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आम विधार्थी मोर्चाका अध्यक्ष विवेक साह, संघर्ष समितिका अध्यक्ष ठागा दास लगायतको सहभागिता रहेको थियो ।
मधेश प्रदेश सरकारको मातहत रहेका जनता आवास कार्यक्रमका ठेकदारहरूले कैयौं घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोडेका छन् । रौतहटको कटहरिया-८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक ठागा दासले बताएका छन्।
यस अघी आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका सिडिओ हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: