Ntc summer Offer
Khabar Dabali १७ असार २०८१ आईतवार | 30th June, 2024 Sun
NIMB

निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका छन् । उनले भने, “स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्छ ।”

सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरेको छ । डा. बुढाथोकीका अनुसार निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नुहुन, सेवाग्राहीको फोटो सहितको प्रगति प्रतिवेदन हरेक हप्ता  मन्त्रालयमा पेस गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

यसले निःशुल्क स्वास्थ्य सेवाको पारदर्शिता र प्रभावकारिता बढ्नुका साथै गरिब तथा विपन्न नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रप्त गर्न सहजीकरण गर्ने तथा नेपालको स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा मन्त्रालयले गरेको छ ।

निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्नुका साथै सेवा सम्झौदा रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारवाही गर्ने मन्त्रालयले  चेतावनी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

काठमाडौं । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आ...

आगामी साउन २३ गतेदेखि एसईई मौका परीक्षा हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ ।  आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ ...

आकस्मिक हडतालपछि क्यानडामा चार सयभन्दा बढी उडान रद्द

एजेन्सी । मेकानिक्स युनियनको आकस्मिक हडतालपछि क्यानडाको एयरलाइन वेस्टजेटले चार सयभन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पन...

पाकिस्तान र इरानबाट तेह्र हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता

एजेन्सी । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालय...

अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

एजेन्सी । उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको...

नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ जना घाइते

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।  घटनामा १८ जनाको ...

स्थानीय पेय पदार्थको ब्राण्डिङ सम्भाव्यता अध्ययन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ ।  नेवा: समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजि...

दाङमा आगजनी गरेको अभियोगमा पक्राउ

दाङ । दाङको बङलाचुली गाउँपालिका-५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरी...

डेंगुविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न स्वास्थ्य मन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले डेंगु लगायत सङ्क्रामक रोगविरुद्ध जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशन दिएका छन् । आ...

यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी नगरे हुन्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार काठमाडौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy