सुर्खेत । लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ ।
उक्त सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए । उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो ।
आव २०७९/८० मा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न बजेट विनियोजन भएको थियो । आव २०७९/८० को अन्तिमा प्रिफिजिबिलिटी’ अध्ययनका लागि सडक विभागले ठेक्का आह्वान गरी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित इटिको–टिएमएस–रेज जेभीसँग सम्झौता गरेको थियो । ठेक्का लिएको कम्पनीले एक वर्षभन्दा बढी समय लगाएर ‘प्रिफिजिबिलिटी’ अध्ययन प्रतिवेदन विभागमा बुझाएको छ ।
‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएर सडक विभागमा बुझाएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए । जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीसम्मको दूरी १० किलोमिटर रहेको छ ।
अध्ययनअनुसार सुरुङ बनाउन करिब रु ३५ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दूरी छोटिने छ । ‘प्रिफिजिबिलिटी’ अध्ययनले सुरुङ मार्ग निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनको आधारमा सडक विभागले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने छ ।
सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका इन्जिनियर दीपक एकामीले बताए । कर्णाली प्रदेशको सबैभन्दा बिच भागमा जाजरकोट पर्छ । जुम्लाका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले सुरुङ मार्ग निर्माण भएमा साविकको कर्णालीको चौतर्फी विकासका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
जाजरकोट र जुम्ला मात्र नभई कर्णालीकै समृद्धिसँग जोडिएको यो मार्गलाई छिटो निर्माण चरणमा लैजानुपर्ने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए । यदि साविकको कर्णालीमा विकास भएको देख्ने र हेर्ने हो भने यो मार्ग तत्काल निर्माण चरणमा लानुपर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: