Ntc summer Offer
Khabar Dabali १८ असार २०८१ सोमबार | 1st July, 2024 Mon
NIMB

अवैध लागूऔषधसहित १४ जना पक्राउ

खबरडबली संवाददाता
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ गरेकाे छ ।
बर्दियाको बढैयाताल गाउँपालिका(२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ३ सय १० मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१० बस्ने २० वर्षीय प्रदीप बुढालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो । 
नुवाकोटको ककनी गाउँपालिका–१ ताम्सालिङगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित सोही गाउँपालिका–२ बस्ने २४ वर्षीय सविन तामाङ समेत २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले ककनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७७ प ५५८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय कमल भट्टलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सुनसरीको देवानगंज गाउँपालिका–७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलो २ सय ग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुपौल तिनटोलिया पंचायत प्रतापगंज थाना बस्ने २९ वर्षीय सुनिल कुमार यादव र देवानगंज गाउँपालिका–२ बस्ने २४ वर्षीय रणधिर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–११ धुलिया बिट बस्ने २१ वर्षीय बिबेक बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय ९० मिलिग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको  प्रहरीले  उनलाई पक्राउ गरेको हो । 
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङस्थित मिना एण्ड लप्सन खाजा घर संचालन गरी बस्ने ५० वर्षीय धन बहादुर भण्डारीलाई अवैध लागूऔषध गाँजा १ किलो ५० ग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनको खाजा पसल तलासी गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित दमक नगरपालिका–८ किरात चोक बस्ने २३ वर्षीय रमेश दर्जीलाई बिहिबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका–४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ मेघावारी घर बताउने २९ वर्षीय सुवास ताजपुरिया र सोही ठाउँ बस्ने २१ वर्षीय अम्मर कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
बाजुराको बुढिगंगा नगरपालिका–७ वायल गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो ६ सय १० मिलिग्राम र अवैध लागूऔषध खैरो हेरोइन   ४ सय १० मिलिग्रामसहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका–५ बस्ने बस्ने २६ वर्षीय दिपक रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खड्काको कुखुरा फर्म तलासी गर्दा फर्ममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने पाँचथर फालेलुङ गाउँपालिका–५ घर भएका २४ वर्षीय कृष्ण बहादुर लायोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मुल्य उकालाे लाग्दै, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।  यस अघि शुक...

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग मोटरसाइकल ठोक्किदा एक युवाको मृत्यु भएको छ । अर्का युवा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार...

नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्क...

नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्क...

क्यान्सर उपचारका लागि नेपाल आएका चिनियाँ नागरिक चितवनमा मृत भेटिए

चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् । असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ...

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा बस विसौनी निर्माण

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ ...

बीएण्डबी अस्पतालमा गरियो पहिलोपटक रोबोटबाट सर्जरी

काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्...

प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा  मेसिनबाट धान रोपेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्र...

एसईईको नतिजा नराम्रो आएपछि एक छात्राले गरिन् आत्महत्या

दोलखा। एसईईको नतिजा राम्रो नआएपछि दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबह...

चक्रपथ विस्तारका लागि सामुहिक दबाब यात्रा

काठमाडौं । चक्रपथ  विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy