Ntc summer Offer
Khabar Dabali १९ असार २०८१ मंगलवार | 2nd July, 2024 Tue
NIMB

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा बस विसौनी निर्माण

खबरडबली संवाददाता

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । 

२०८१ जेठ १ गतेबाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ । समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले यी संरचनाहरु काठमाडौंको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्ने उनले बताइन् । काठमाडौंको पहिचान मुख्य सडकबाट प्रवर्धन हुने र सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिने उनको भनाइ छ ।

परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार के. सी. ले जानकारी बताए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । बस्नका लागि काठकै मेच राखिएका र विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएको वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकारले बताए । उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।

फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्शाएको प्रतिक्रिया दिए । यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२६ वर्षको अवधिमा सातौँ सत्ता सहकार्य

कति समय टिक्ला त एमाले– कांग्रेसको नयाँ समिकरण ?

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सांसद पन्तको माग

काठमाडौं ।  राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद कमलाा पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठ...

एमालेले आजै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ । अहिले पार्टी मुख्यालय, च्यासलमा  बसिरहेको सचिवालय बैठ...

दुई पटक सर्किट ब्रेक लागेको नेप्से ४७ अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक ४७.०४ अंक बढेको छ । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो । आज कुल...

गुणस्तरहीन सव–बेस प्रयोग गरेको स्थानीयको आरोप

सिरहा । सिरहामा लगदि गदियानी सडक निर्माण कार्यमा ठेक्केदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ। गोलवजार लगदी गदियानी सडक कालोपत्रे गर्...

सानेपा पुगे प्रचण्ड गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत...

सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजारमा मंगलबार उछाल देखिएको छ । सेयर बजार कारोबार सुरु भएदेखि नै उच्च अंकले बढेको हो । पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा...

एमाले–कांग्रेस समिकरणको सरकारमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस–एमाले समिकरणको सरकारमा सहभागी नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी ...

प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने, राजीनामा नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधि...

गणतन्त्र राखेर २०४७ को संविधान फर्काउने कांग्रेस-एमालेको षड्यन्त्र

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा रहेका छन् । एमालेल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy