Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पाकिस्तान र इरानबाट तेह्र हजारभन्दा बढी अफगानी आप्रवासी फिर्ता

खबरडबली संवाददाता

एजेन्सी । इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार २२२ लाई पाकिस्तानबाट फिर्ता गरिएको थियो । 

अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री पुल जस्ता सीमाबाट अफगानिस्तान फर्केको मन्त्रालयले विस्तृत जानकारी दिएको छ । हालैका महिनामा पाकिस्तान र इरानबाट अफगान आप्रवासीहरूको फिर्ती तीव्र रूपमा बढेको छ । दुवै देशले उचित आवासीय कागजात नभएकाहरूलाई अफगानिस्तानमा फिर्ता पठाएको दाबी गरेको द खामा प्रेसले जनाएको छ । 

केही निर्वासित आप्रवासीहरूले वैध निवास कागजातहरू भए पनि उनीहरूलाई प्रहरीले हिरासतमा लिएको र जबरजस्ती अफगानिस्तान फिर्ता गरेको आरोप लगाएका छन् । धेरै अफगान आप्रवासीहरूले आफ्नो शिविरमा इरानी प्रहरीले दुब्र्यवहार गरेको उदाहरणसहित दस्तावेज तयार पारेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि अफगानिस्तानसँगको सिमानामा अन्तर्राष्ट्रिय कानुन कडाइका साथ लागु गर्ने इच्छा व्यक्त गरेका थिए । यी घटनाक्रमबीच, अफगानिस्तानले हजारौँ आप्रवासीहरूको जबरजस्ती फिर्तीबाट बढेको गम्भीर मानवीय संकटको सामना गरिरहेको छ । यो अवस्थाले अफगानी शरणार्थीहरूको अधिकार र सुरक्षाको रक्षा गर्न जारी मानव अधिकारको उल्लङ्घन र चुनौतिहरूलाई प्रकाश पार्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending